sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आज नेपालले बहराइनसँग भलिबलमा प्रतिस्पर्धा गर्दै

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० ११:२५
आज नेपालले बहराइनसँग भलिबलमा प्रतिस्पर्धा गर्दै
  • आज नेपालको पुरुष राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दै
  • पुरुष भलिबलमा समूह बी मा रहेको नेपालले आज बहराइनसँग पहिलो खेल खेल्दै
  • भलिबलमा समूह चरणबाट बाहिरिने टिमले वरियताका लागि खेल खेल्न पाउने

काठमाडौं ।।

१९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत आज नेपालको पुरुष राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दैछ । एसियाडको उद्घाटन समारोहच सेप्टेम्बर २३ देखि सुरु हुने भएपनि भलिबल, फुटबल र क्रिकेट खेल आजदेखि नै सुरु हुँदैछ ।

पुरुष भलिबलमा समूह बी मा रहेको नेपालले आज बहराइनसँग पहिलो खेल खेल्दैछ । यस्तै समूहको दोस्रो तथा अन्तिम खेल नेपालले सेप्टेम्बर २० मा एसियन पावर हाउस इरानसँग खेल्नेछ । पुरुष भलिबलको खेल सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ ।

मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीमा यस पटक युवा  र नयाँ खेलाडीहरु धेरै छन् । यस्तै मुख्य प्रशिक्षकमा नेदरल्याण्ड्सका प्रशिक्षक हान अबिङ छन् । समूह बी मा शीर्ष दुईमा रहने सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ । यदी समूह चरणबाट बाहिरिएमा भने नेपाली टोलीले अन्य खेल खेल्न पाउने छैन ।

यस पटक पुरुष भलिबलमा समूह चरणबाट बाहिरिने टिमले वरियताका लागि खेल खेल्न पाउने छैन । नेपालको महिला भलिबल टिमले भने एसियन गेम्समा डेब्यु गर्दैछ । सेप्टेम्बर ३० देखि अक्टोबर ८ सम्म हुने भलिबलमा नेपालले समूह चरणमा दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ ।

सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियाडमा नेपालबाट २९ खेलका २५३ खेलाडी सहभागि हुँदैछन् । एसियाडको इतिहासमा यस पटक नेपालले सबैभन्दा धेरै खेलाडी पठाउन लागेको हो । १९औं एसियाडमा एसियाका ४५ देशबाट करिब साढे १२ हजार खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली पुरुष भलिबल टिम:

मान बहादुर श्रेष्ठ (कप्तान), विशाल बहादुर विक, टेक राज अवस्थी, दुर्गाबहादुर खड्का, रविन चन्द, विनोद चन्द, लोकेन्द्र राज गिरी, हेमन्त बहादुर मल्ल, सफल विक, मनिष मानन्धर, धिरोज काजी बस्नेत, सम्राट भण्डारी

मुख्य प्रशिक्षक : हान अबिङ

प्रशिक्षक : भरत यादव

व्यवस्थापक : रोशन श्रेष्ठ

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid