April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

आज नेपालले बहराइनसँग भलिबलमा प्रतिस्पर्धा गर्दै

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० ११:२५
आज नेपालले बहराइनसँग भलिबलमा प्रतिस्पर्धा गर्दै
  • आज नेपालको पुरुष राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दै
  • पुरुष भलिबलमा समूह बी मा रहेको नेपालले आज बहराइनसँग पहिलो खेल खेल्दै
  • भलिबलमा समूह चरणबाट बाहिरिने टिमले वरियताका लागि खेल खेल्न पाउने

काठमाडौं ।।

१९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत आज नेपालको पुरुष राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दैछ । एसियाडको उद्घाटन समारोहच सेप्टेम्बर २३ देखि सुरु हुने भएपनि भलिबल, फुटबल र क्रिकेट खेल आजदेखि नै सुरु हुँदैछ ।

पुरुष भलिबलमा समूह बी मा रहेको नेपालले आज बहराइनसँग पहिलो खेल खेल्दैछ । यस्तै समूहको दोस्रो तथा अन्तिम खेल नेपालले सेप्टेम्बर २० मा एसियन पावर हाउस इरानसँग खेल्नेछ । पुरुष भलिबलको खेल सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ ।

मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीमा यस पटक युवा  र नयाँ खेलाडीहरु धेरै छन् । यस्तै मुख्य प्रशिक्षकमा नेदरल्याण्ड्सका प्रशिक्षक हान अबिङ छन् । समूह बी मा शीर्ष दुईमा रहने सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ । यदी समूह चरणबाट बाहिरिएमा भने नेपाली टोलीले अन्य खेल खेल्न पाउने छैन ।

यस पटक पुरुष भलिबलमा समूह चरणबाट बाहिरिने टिमले वरियताका लागि खेल खेल्न पाउने छैन । नेपालको महिला भलिबल टिमले भने एसियन गेम्समा डेब्यु गर्दैछ । सेप्टेम्बर ३० देखि अक्टोबर ८ सम्म हुने भलिबलमा नेपालले समूह चरणमा दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ ।

सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियाडमा नेपालबाट २९ खेलका २५३ खेलाडी सहभागि हुँदैछन् । एसियाडको इतिहासमा यस पटक नेपालले सबैभन्दा धेरै खेलाडी पठाउन लागेको हो । १९औं एसियाडमा एसियाका ४५ देशबाट करिब साढे १२ हजार खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली पुरुष भलिबल टिम:

मान बहादुर श्रेष्ठ (कप्तान), विशाल बहादुर विक, टेक राज अवस्थी, दुर्गाबहादुर खड्का, रविन चन्द, विनोद चन्द, लोकेन्द्र राज गिरी, हेमन्त बहादुर मल्ल, सफल विक, मनिष मानन्धर, धिरोज काजी बस्नेत, सम्राट भण्डारी

मुख्य प्रशिक्षक : हान अबिङ

प्रशिक्षक : भरत यादव

व्यवस्थापक : रोशन श्रेष्ठ

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट