sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाली फिल्म चल्न सुरु भएको आज ५८ वर्ष पुरा

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १३:३४
नेपाली फिल्म चल्न सुरु भएको आज ५८ वर्ष पुरा
  • नेपाली फिल्म रिलिज भएको सोमबार ठीक ५८ वर्ष पुग्यो 
  • आजकै दिन पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शन
  • फिल्ममा भुवन थापा चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल र शिवशंकर मानन्धरको शीर्ष भूमिका

काठमाडौं ।।

नेपाली फिल्म रिलिज भएको सोमबार ठीक ५८ वर्ष पुगेको छ । २०२२ सालमा आजकै दिन पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शन भएको थियो ।चलचित्र विकास बोर्डले गत वर्ष ‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता दिएको थियो । ‘सत्य हरिश्चन्द्र’ र ‘आमा’मध्ये कुन फिल्मलाई पहिलो नेपाली फिल्म मान्ने गाँठो बोर्डले गत वर्ष फुकाएको थियो । हीरासिंह खत्री निर्देशित फिल्म ‘आमा’को छायांकन नेपालमा भएको थियो भने प्राविधिक काम भारतमा भएको थियो । फिल्ममा भुवन थापा चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल र शिवशंकर मानन्धरको शीर्ष भूमिका छ । यो फिल्मको निर्माण सरकारको प्रसार विभागले बनाएको थियो ।

तत्कालीन राजा महेन्द्रको आग्रहमा भारतीय फिल्ममा काम गरिरहेका निर्देशक खत्रीले पञ्चायती व्यवस्थाको प्रवर्द्धनका लागि यो फिल्मको निर्माण गरेको इतिहासकार बताउँछन् । प्रमुख भूमिकामा रहेकी अभिनेत्री भुवन चन्दले यो फिल्ममा अभिनय गर्न पाउनु नै उनको जीवनको सबैभन्दा महत्वपूर्ण र अविस्मरणीय घटना भएको बताएकी थिइन् । चौध वर्षको उमेरमा हरिप्रसाद रिमालले पनि आमामा सानो भूमिका निर्वाह गरी आफ्नो अभिनय जीवनको सुरुवात गरेका थिए ।

यो फिल्मको छायांकन चार महिनाको समयावधिमा पूरा गरिएको थियो । पोस्ट-प्रोडक्सनलाई भारतको कोलकातामा ६ महिनामा पूरा गरिएको थियो ।  धेरैजसो दृश्य एकैचोटि छायांकन गरिएको थियो । भुवन चन्दलाई यस फिल्ममा अभिनय गराउन हजार रुपैयाँ ज्यालाको रूपमा दिइएको थियो । चलचित्र विकास बोर्ड र निर्देशक समाजले असोज १५ गतेलाई आमाको प्रदर्शन मितिको रुपमा उल्लेख गरेका छन् । तर विकिपेडिया लगायतमा भने असोज २२ को मिति लेखिएको छ । ‘सत्य हरिश्चन्द्र’ २००६ सालमा रिलिज भएको थियो । तर निर्देशकदेखि प्राविधिकसम्म भारतीय भएकाले यसलाई नेपालमा निर्माण भएको मान्न नहुने तर्क बोर्डको छ ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid