May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

वायु प्रदूषणका कारण नयाँ दिल्लीमा खेलकुद गतिविधिमा प्रतिबन्ध

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:५१
वायु प्रदूषणका कारण नयाँ दिल्लीमा खेलकुद गतिविधिमा प्रतिबन्ध

काठमाडौं । एयर क्वालिटी इन्डेक्स (एक्युआई) को अवस्था डरलाग्दो भएपछि दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको छ ।

वायु प्रदुषणको अनुगमन गर्ने संस्थाको सिस्टम अफ एयर क्वालिटी एण्ड वेदर फोरकास्टिङ एण्ड रिसर्च (एसएएफएआर) का अनुसार शुक्रबार दिल्लीको समग्र एक्युआई ५०४ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर प्लस श्रेणीमा परेको थियो । जुन हावाको उच्च सतर्कता स्तर हो ।

आफ्नो एड्भाइजरीमा सरकारले सबैलाई घरबाहिर शारीरिक गतिविधि नगर्न, मास्क लगाउन, काठ, मैनबत्ती वा धुप बाल्नबाट जोगिन र धुलो कम गर्न, कोठा सफा गर्न आग्रह गरेको छ ।

दिल्ली विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ । दिल्लीका अधिकारीहरूले बढ्दो प्रदूषणका लागि छिमेकी राज्यहरू पञ्जाब र हरियाणामा पराल जलाउनु रहेको बताएका छन् ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट