sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दोस्रो टी–२० मा दक्षिण अफ्रिकासँग भारत पराजित

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १0:२४
दोस्रो टी–२० मा दक्षिण अफ्रिकासँग भारत पराजित

काठमाडौँ । दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतीय क्रिकेट टोली दोस्रो टी–२० खेलमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी बनेको हो ।

डीएलएसबाट १५ ओभरमा १ सय ५४ रनको संशोधित लक्ष्य पाएको दक्षिण अफ्रिकाले उक्त लक्ष्य ७ बल अगावै ५ विकेटको क्षतिमा पछ्यायो । दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरिक्सले सर्वाधिक ४९ रन बनाए भने कप्तान एडन मार्क्रमले ३० रनको योगदान दिए । ट्रिस्टन स्टब्स र एन्डिले फेलुक्वायोले नटआउट रहँदै क्रमशः १४ र १० रन बनाउँदै टोलीलाई विजयी लक्ष्यसम्म पुर्‍याए । भारतका लागि मुकेश कुमारले २ तथा मोहम्मद शिराज र कुल्दीप यादवले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले रिंकु सिंह र कप्तान सूर्यकुमार यादवको विस्फोटक ब्याटिङको मद्दतले १९.३ ओभरमा ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । सिंहले ३९ बलमा ६८ रन बनाए भने यादवले ३६ बलमा ५६ रन हिर्काए । तिलक वर्माले २९ रन बनाए । दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ३ विकेट लिए ।

जीतसँगै दक्षिण अफ्रिकाले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid