May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

एउटा घर किन्दा ३० लाखसम्मको छुट

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० ११:४२
एउटा घर किन्दा ३० लाखसम्मको छुट
  • आठौं घरजग्गा मेलामा उपभोक्ताको उल्लेख्य उपस्थिति
  • रियल स्टेटले विशेष छुटसहित मेलामा आफ्ना ‘प्रपर्टी’ राखे
  • कोलोनीमा एउटा घर किन्दा २५ लाखसम्मको छुट

काठमाडौं ।।

भृकुटीमण्डपमा पुस १२ गतेदेखि सञ्चालन भइरहेको आठौं घरजग्गा मेलामा उपभोक्ताको उल्लेख्य उपस्थिति देखिएको छ । लामो समयपछि घरजग्गा मेला सञ्चालन भएकाले घरजग्गा किन्ने क्रेता र बिक्रेताको उपस्थिति मेलामा उल्लेख्य रहेको आयोजकको दाबी छ । मेलामा रहेका सिडी डेभलपर्स, रोहनी हाउजिङ एण्ड सप्लायर्स प्रा.लि., ग्रिन हिल सिटी, ग्रिन सिटी नेपाल, सिजी प्रपर्टी रियल स्टेटले विशेष छुटसहित मेलामा आफ्ना ‘प्रपर्टी’ राखेका छन् ।

सिडी डेभलपर्सले मेलामा एउटा घरमा २५ लाखसम्मको छुट दिएको छ । डेभलपर्सका निर्देशक दीपक कुवँरले आवास आकृति कोलोनीमा भने एउटा घर किन्दा ३० लाखसम्मको छुट मेलामा आएर किन्ने उपभोक्तालाई दिइएको जानकारी दिए । आवास कोलोनी भनेर टोखामा नयाँ प्रोजेक्ट बनाइरहेको र सो कोलोनीमा एउटा घर किन्दा २५ लाखसम्मको छुट दिएको उनले बताए ।

ग्रिन हिल सिटीका अध्यक्ष भेषराज लोहनी, ग्रिन हिल सिटीले अहिले मुलपानीमा ग्रिन हिलसिटी भनेर नेपालकै ठूलो आयोजना सञ्चालन गरिरहेको बताउँछन् । जसमा ८०० वटा घरमध्ये १३ वटा घर मात्रै बन्न बाँकी छ ।

 

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट