काठमाडौं । आईसीसी यू-१९ विश्वकपको पहिलो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा अहिले अफगानिस्तानसँग १४६ रनको लक्ष्य पछ्याइरहेको दोस्रो विकेट गुमाएको छ । नेपालले १५ रनको स्थितिमा गुल्सन झालाई गुमाएको हो । गुल्सनले १२ बल खेल्दै केवल एक रन जोडे । यसअघि ११ रन जोड्दा पहिलो विकेटका रुपमा अर्जुन कुमाललाई नेपालले गुमाएको थियो । नेपालले ७ ओभरमा २ विकेट गुमाएर १९ रन जोडेको छ ।
0