April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

प्रसंग : गृहमन्त्री रबि लामिछाने

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ७, २०८१ ११:५२
प्रसंग : गृहमन्त्री रबि लामिछाने

बिचार लेखक : दिपेश शर्मा ( झापा )

सुरुको दिनमा सिधाकुरा जनता सग कार्यक्रम हेर्दा यस्तो लाग्थ्यो कि रबि लामिछाने यो देशको प्रधानमन्त्री भए भने नेपालमा पक्कै पनि केही हुन्छ होला । रोजगारीको व्यवस्था गराएर बस्न योग्य हुन्छ नेपाल भन्ने लागेको थियो । त्यहि अनुरुप सबै ठिक ठाक नै चलि रहेको थियो ।

आस र भोरासा ज्यादा थियो तर जब उनि राजनितीमा प्रबेस गरे तब थाहा भयो कि राजनितीमा सफा गर्ने हिडेका उनि आफै हिलोमा त छिरे । तर हिलो बाहिर निस्केर नुहाउन सकेनन ।

कुनै बेला अन द स्पोट कारबाही गर्ने ब्यक्ति थिए उनी । त्यति बेला उनि सगं केहि थिएन बस एउटा माईक र टेलिभिजनको पर्दामा हप्ताको २ चोटी ४५ मिनेटको एउटा कार्यक्रम सिधा कुरा जनता सग ।

तर त्यही आश गरेको मान्छे आज देशको उप प्रधानमन्त्री तथा गृह मन्त्री जस्तो पदमा छन तर उनै गृहमन्त्री अपराधीहरुको बीचमा बसेर म अपराधी हौईन , मलाई बोल्न देउ भनेर भनि राखेको अबस्था छ ।

देशमा सुसासन र कानुनी राज्यको स्थापित गर्छु , जनताको जनधनको रक्षा गर्छु , जनतालाई न्याय दिन्छु भन्ने ब्यक्ति आफै म अन्याय मा परे भन्दा अचम्म लाग्छ । म भर्खरको नया राजनितीक दल हो , म राजनितिक सिक्दै छु भन्छन ।

पहिला उनी त्यो पदमा त थिएनन राज्यको सयन्त्रमा थिएनन । तेति बेला उनले तिनैले देश सके भ्रष्ट्रचार गरे कानुन मिचे नितिगत अनितिगत काम गरेर अनुचित लाभ लिए भन्दै गर्दा अहिले तिनलाई मैले अपराध गरेको छैन भन्दै बोल्न पाउ भनेर अनुयबिनय गर्नु पर्ने ???

भटाभट्ट सबुत प्रमाण जुटाएर जेलको बास गरेको भए भैहाल्थियो नि ?? तर्क बिर्तक गर्न छाडेर। सता मा पुगे पछि तिम्रो लागी म छु , मेरो लागी तिमी भन्ने खालको तर्क गरेर हुन्छ र ???

तिमी पनि चोखा छैनौ। त्यस कारण तिमीले प्रश्न गर्ने नैतिक हक छैन भन्ने आशयको अभिब्यक्तीले के बुझ्ने ??? प्रमाण छ तथ्यले प्रमाणित गरेर जेल पठाउ न । आपसी सहमतीले सत्ता चल्ने हो , जिन्दगी हौईन । नैतिकता छ भन्ने २ दिनमा कार्बाही गर । सत्ता मोह छोडी देउ । सरकारमा जानु अनुसासन हिन मान्छेलाई चुनाबमा उठाउनु गफ बडि काम कम हुनु रास्पाको पतनको बाटो हो ।

मिशन ८४ बाट मिसन गृह मा जानु सत्ता प्राप्तीको लागी थिएन भन्ने प्रमाणित गर्ने ठाउ पनि नरहन सक्छ यही हर्कत हो भने त्यसैले आफ्नो नेतालाई ३६ घन्टामा कार्बाही गर्ने सक्ने हैसियत भएको पार्टीले आरजु देउबा बालकृष्ण खाड दम्पती , बाख्रा खसी बाला ,घडी बाला .बालुबाटार घोटाला , लाउडा बाला , गिरिबन्धु चिया , यस्तै अरुबालालाई कार्बाही गर्ने कति घन्टा लाग्ला ???

त्यसैले अझै समय छ र गर्न सक्ने धेरै छ तर फास्ट ट्रयाकमा गर्नु पर्छ । नत्र ट्राक त रहला तर लास्टमा सबै प्रस्नको उत्तर रेडि थियो लेख्न भ्याइन भन्ने अबसोस रहला जिन्दगी भर । मैले पनि भरोसा र बिश्वास गरेको पात्र नै रबि जी नै हो तर राम राम त भनिएला काध हाल्न सकिदैन । बस यति भन्न चाहे म्याउ म्याउ गर्ने समय होईन बाधको जस्तै झम्टिने समय हो । यदि राजा भन्ने हो भने नत्र त स्यालहरुको झुण्ड को कमी त पहिला पनि थिएन र अहिले पनि छैन । सामेल भए स्वागत नै होला तर राज्य गुमाउनु पर्ने हुन्छ ।

बिचारहरु र निर्णय हजुर कै भन्दै बिदा लिन चाहे । धन्यबाद ….

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ७, २०८१ ११:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट