

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
झापा । जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा कार्यक्रम शुरु गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बिमा र घर बिमाको थालनी गरिएको हो। शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्या एमा बिमा कम्पनीबाट पीडित परिवारले न्यूनतम एक […]
काठमाडौं । फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ ले सार्वजनिक भएको एक हप्तामै दश लाख दर्शकको मन जितेको छ। यो गीत सार्वजनिक भएपछि यसलाई रुचाएका दशलाख दर्शकले ‘लाईक’ गरेका छन् । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै गत शुक्रबार त्यो गीत सार्वजनिक गरेको थियो । यो गीतमा […]
चितुवाको आक्रमणबाट दुईजना घाइते उपचारका लागि मध्यपुर अस्पताल लगियो पेट्रोल पम्प पछाडि दुईवटा घरको चेपमा चितुवा बस्यो काठमाडौं भक्तपुरमा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन्। भक्तपुर नगरपालिका -३ का ६५ वर्षीय अमृता कँडेल र ३३ वर्षीया संगिता आलेमगर घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए घाइतेहरुलाई उपचारका लागि […]
कल्पना गर्नुस्- तपाईंले लगाएको ब्रा मा एउटा यस्तो उपकरण जडान भएको छ जसले तपाईंले चिया पिइरहनु भएको बेला पनि स्तन क्यान्सरमा ट्युमर छ भने त्यो पत्ता लगाउन सक्छ। हो, टर्कीका वैज्ञानिक डाक्टर जानान दादेविरेनले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को मिडिया ल्याबमा यो प्रविधिको विकास गरेका छन्। यो उपकरण उनले आफ्नी आन्टीको सम्मानमा तयार गरेका हुन् […]
शरीरमा तागत बनाइराख्न, मांशपेशी बलियो बनाउन र हड्डी मजबुत राख्न प्रोटिनको जरुरत पर्छ। यतिमात्र नभई प्रोटिनको कमी कैयौं गम्भीर स्वास्थ्य समस्याको पनि कारक बन्न सक्छ। प्रोटिनको कमीले तपाईं उमेर नपुगी बूढो देखिन सक्नुहुन्छ। प्रोटिनका लागि के खाने त ? प्रोटिन भन्नेबित्तिकै धेरैले चिकेन, मटन वा अण्डा जस्ता ननभेज आइटम सम्झिन्छन्। नि:सन्देह यो कुरा ठिक हो। […]
यो वर्षको तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको व्यवस्था मिलाउन आग्रह काठमाडौं ।। यो वर्षको तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले शुक्रबार सामाजिक सञ्जालमा यसबारे जानकारी गराएका छन् । महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति […]
झापा । झापाको बुद्धशान्ति– ३ को सिमाना नजिक अर्जुनधारा– १० मा आगलागी हुँदा श्रीमतीको जलेर मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । गएराति ८:४० बजेको समयमा अर्जुनधारा १० बस्ने शिवकुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट उनकी श्रीमती ७५ वर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमा नै […]
बिर्तामोड । झापाको बिर्तामोड– २ स्थित चारपाने चोकमा आज बिहान कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बिहान ५:४५ बजेको पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १ –०१–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक कारले पैदल यात्री बिर्तामोड २ का ५५ वर्षीय गङ्गाप्रसाद राजवंशीलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी […]
काठमाण्डाै – तिहारलाई लक्षित गरेर सुनचाँदीको कारोबार बढेको छ । आजको दिन सुनचाँदीको कारोबार सबैभन्दा धेरै हुन्छ । हिजो र अस्ति दैनिक २५ किलोकाे हाराहारीमा सुनको कारोबार भएकोमा आज ४० किलो नाघ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार आजकै अनुपातमा लक्ष्मी पूजाको दिन पर्सि आइतवार पनि कारोबार […]
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह संघीयतासम्बन्धी सबै कानुन छिटो निर्माण गर्नुपर्ने नेपाली जनतालाई अधिकार दिलाउने काममा खेलेको भूमिका प्रसंशनीय काठमाडौं ।। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयतासम्बन्धी सबै कानुन छिटो निर्माण गर्नुपर्ने बताएका छन् । ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा शुक्रबार शोभाभगवतीस्थित उनको सालिकमा माल्यार्पण गरेपछि नेता सिंहले यस्तो बताएका […]
एकै परिवारका चार जनाको हत्या हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोलगायत टोली खटियो मुगु ।। छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न रहेकाे आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिहीवार हिजाे पक्राउ परेका उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय मुगुले सार्वजनिक गर्ने […]
मेरो देश, मेरो माया, मेरो मुटु तिम्रो लागि धड्कन्छ हिमाल, पहाड देखि तराई सम्म सबैतिर घुम्ने मन छ राष्ट्रको लागि एकताबद्ध हामी खडा छौँ यो जगमा हामीले शान्तिको ज्योति बाल्छौ हामी हाम्रो झन्डाको सम्मान गर्छौँ हाम्रो भूमिको राम्रो भविष्य निर्माण गर्न लागिरहेछौ हाम्रो देशको माया, बन्धन धेरै बलियो छ मेरो देश, मेरो माया, धेरै महान् […]