

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो । आज गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल र यूएईबीच हुने खेलका लागि ३५ सय वटा मात्रै टिकट बिक्री गरिने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भोलि शुक्रवार हुने खेलका लागि आईएमई पे बाट टिकट लिन सकिने क्यानले जनाएको छ । ३५ सयभन्दा धेरै दर्शक नअट्ने भएकाले घरमै […]
मेष–नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन […]
चलेन राजनैतिक दलको चुरीफुरी नेपालगन्जबाट रिगल पक्राउ काठमाडौं- सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न परामदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। पक्राउपछि उनले आफू प्रहरी कार्यालयमा हाजिर हुन जान लागेको बताएका थिए। न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको […]
विचाराधीन मुद्दाका सूचना प्रकाशन र प्रशारण नगर्न सबै सञ्चारमाध्यमलाई आग्रह अल्पसूचनाका आधारमा समाचार बनाउन नपाइने काठमाडौं ।। सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दामा अल्प सूचनाको आधारमा समाचार प्रकाशन र प्रशारण नगर्न सबै सञ्चारमाध्यमलाई निर्देशनात्मक आदेश जारी गरेको छ । रिगल ढकाललाई राष्ट्रपतिबाट भएको कैद माफी मिनाहा खारेज गर्दै जारी गरेको आदेशमा सर्वोच्च अदालतले भनेको छ, “अदालतमा […]
काठमाण्डौं गायिका जेनिशा गौत्तमको स्वरमा रहेको ’भैलेनी’ गीतको भिडियो सार्वजनिक भएको छ । जेनिसा गौत्तमको शब्द तथा उदय राज पौडेलको संगीतमा रहेको गीत सार्वजनिक भएको हो । हिन्दुहरुको दोश्रो महान पर्वको सांस्कृतिक एवम मौलिक कला र सस्कृतिलाई समेटेर गीत निमार्ण गरिएको हो ।ओम गोखालीको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा जेनिसा गौत्तमको निर्देशन भिडियोमा रहेको […]
प्रहरीले ढकाललाई ‘तत्काल पक्राउ गरेर बुझाउने’ अदालतको आदेशसँगै कैद मिनाहा गर्ने निर्णय बदर काठमाडौं ।। नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरेर हत्या गरेको घटनामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को बाँकी कैद मिनाहा गर्ने निर्णय बदर भएको छ । न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा […]
नेप्से परिसूचक १०.८६ अंकले घट्यो नेप्से घटे पनि कारोबार रकम बढ्यो आज परिसूचक ०.५८ प्रतिशत घटेर १८४७.४७ विन्दुमा बन्द काठमाडौं ।। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०.८६ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । आज ९६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८१ करोड २० लाख […]
काठमाण्डाै – नेकपा एमालेका सांसद विष्णु पाैडेलले सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्तावलाई संसदमा ल्याएर पारित गर्न चुनाैती दिनुभएकाे छ । आज बिहीवार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले सरकारलाई यस्ताे चुनाैती दिनुभएकाे हाे । उहाँले फागुन १ गतेका दिनलाई जनयुद्ध दिवसको रूपमा बिदा दिए लोकतन्त्रको सबलीकरण नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘फागुन १ गते […]
देश टाइटनिक बोटजस्तै डुबिरहेको छ नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने काठमाडौं ।। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले देश टाइटनिक बोटजस्तै डुबिरहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख […]
काठमाडौं । जुवातास खेलेको आरोपमा पक्राउ परेका कलाकारहरु इकु, गजित विष्ट, गम्भीर विष्ट, शंकर आचार्य, चक्र बमसहित ९ जना धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयको आदेशपछि १५(१५ हजार रुपैयाँ धरौटीमा उनीहरुलाई बुधबार बेलुका छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए । मैतीदेवीस्थित गजितको डान्स तालिम केन्द्रमा जुवातास खेल्दै […]
नक्कली श्रमस्वीकृतिको कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखा घर भई काठामाडौं बस्दै आएका २३ वर्षीय अजित फेवाली र सोही ठाउँका २१ वर्षका विपिन ढकाल पक्राउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले दुवैलाई सोल्टीमोडबाट मंगलबार पक्राउ गरेको थियो। उनीहरुले त्यहाँ वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने ट्राभल्स सञ्चालन गर्दै आएका प्रहरीले […]