

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
इजरायलमा दोस्रो चरणमा सहायक कामदार नेपालबाट पठाउन सरकारले तयारी काठमाण्डौ – इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार नेपालबाट पठाउन सरकारले तयारी थालेको छ । पहिलो चरणमा छनौट भएकाहरूलाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लाग्दा दोस्रो चरणको तयारी पनि भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डम्बर बहादुर सुनुवारले जानकारी दिनुभयो । […]
महाराजगञ्जमा प्रहरीकै पत्नी गम्भीर अवस्थामा पेस्तोलबाट चलेको गोली लागेर गम्भीर घाइते लगत्तै उनलाई त्रिवि शिक्षण अस्पताल लगियो गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धान हुँदै काठमाडौं ।। नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीलाई गम्भीर अवस्थामा उद्दार गरेर अस्पताल लगिएको छ ।सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीको पेस्तोलबाट चलेको गोली लागेर उनकी पत्नी शर्मिला चौधरी गम्भीर […]
काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असोज १० गते बुधबार सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत भएको छ। कम्पनीको कुल ३ करोड ७५ लाख कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूसहित सर्वसाधारणका लागि निष्कासन गरेको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरूले […]
कावासोतीमा तास खेलिरहेका ८ जना नगद २ लाख २९ हजार सहित पक्राउ नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा तास खेलिरहेका ८ जना नगद २ लाख २९ हजार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती २ मालपोत चोकमा गोविन्द न्यौपानेको घर तास खेलिरहेका ८ जनालाई गए राति पक्राउ गरेको हो । पक्राउ […]
विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लियो घाटमा जलाउन ठिक्क पारेको शव प्रहरीको नियन्त्रणमा संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान हुँदै पतिसहित परिवारका तीन जना सदस्य प्रहरीको फन्दामा जनकपुरधाम ।। सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले […]
शिक्षकहरुको आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन काठमाडौं । राहत शिक्षकहरुले आफ्नो आन्दोलन आज बिहिबार पनि जारी राखेका छन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । […]
सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड सन २०२३’ बाट सम्मानित ओखलढुङ्गा, असोज ११ गते । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड सन २०२३’ बाट सम्मानित हुनुभएको छ । भारतको ‘एनआरआई वेल्फेयर अफ इन्डिया’ गरेको सर्वेक्षणका आधारमा अध्यक्ष तामाङ नेपालबाट उक्त अवार्डका लागि छनोट हुनुभएको थियो । सेप्टेम्बर […]
चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा एजेन्सी / चीनले बुधवार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ। याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान ४ः१५ बजे प्रक्षेपण गरेको थियो। यसलाई वैज्ञानिक प्रयोग, भूमि श्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम […]
विहान कार्यालय समय सुरु भएपछि सुरुको १५ मिनेट योग अभ्यास गर्नुपर्ने अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने परिपत्रमा उल्लेख कर्मचारीहरु नै दैनिक कहाँ र कसरी योग गर्ने हो भन्ने अलमलमा मन्त्रालयले दैनिक योग गर्न कुनै विशिष्ट विधि तोकेको छैन काठमाडौं ।। गृह मन्त्रालयले बुधबार आफ्ना कर्मचारीहरुलाई विहान कार्यालय समय सुरु भएपछि सुरुको १५ मिनेट […]
प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिर अवलोकन गरे सम्बोधन गर्दै उनले चीन भ्रमण सोचेभन्दा बढी सफल भएको बताए भम्रण पूरा गरी उनी आगामी शनिबार स्वदेश फर्किने काठमाडौं ।। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै छन् । बुधबार तिब्बतको ल्हासा […]
सुन तस्करीको अनुसन्धान गर्नका लागि जाँचबुझ आयोग गठन गर्ने सहमति अनुसार आयोग गठन नभएकोमा असन्तुष्टि असोज ५ गते उच्चस्तरीय समिति बनाउने सहमति सहमतिमा मात्र सिमित काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करीको अनुसन्धान गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सरकार, सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेको ध्यानाकर्षण गरेको छ । बुधबार बसेको पार्टीको […]
काठमाण्डाै – सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ लगातारजसो घटिरहेको छ । यस्तै, आज चाँदीको भाउ […]