

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
विराटनगर ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्जीवनका लागि आफूहरू तल्लो तहसम्म जाने बताएका छन् । पछिल्लो समय कांग्रेसप्रति युवापुस्ताको निराशा बढ्दै गएको पाइएकाले अब सुधारको अभियान सञ्चालन गरिने उनले बताए । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, “पार्टी विधानानुसार धेरै अधिकार सभापतिमै निहित छ । अब उहाँले नै केन्द्रीय समितिको बैठक […]
काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा सीमित व्यक्तिले मात्र फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । बिहीबार नेपाल धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम उनले यस्तो बताएका हुन् । ५६ लाख डिम्याट होल्डरलाई देखाएर सीमित समूहले फाइदा लिने गरेको भन्दै उनले यसको अन्त्य हुनुपर्नेमा जोड दिए । थोरै लगानी गर्नेले पनि […]
कालिकोट । कालिकोटको रास्कोट नगरपालिका वडा न २ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको वोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा परी रास्कोट १ का वर्ष ४३ का मनबहादुर साही र उहाँको श्रीमती मन कुमारी शाहीको मृत्यु भयको छ […]
तम्घास । गुल्मी अस्पतालमा एक वर्षदेखि दुई वटा भेन्टिलेटर सहितको पाँच बेडको आइसियु अलपत्र अवस्थामा रहेको छ । एक करोड पचास लाख बढीको उपकरण प्रयोगमा आउन सकेको छैन । स्वास्थ्य उपकरणमा खिया आउन थालेको छ तर सेवाग्राही भने निजी अस्पतालहरूमा महँगो मूल्य तिरेर उपचार गर्न बाध्य छन् । जनशक्ति व्यवस्थापन नहुँदा भेन्टिलेटरसहितको आइसियु प्रयोगमा आउन नसकेको अस्पतालले […]
काठमाडौं ।। सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको सडक विभागले जनाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले […]
जनकपुरधाम ।। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । झण्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदधृत गर्दै प्रतिष्ठानका राजिष्टार डिन. विनोद यादवले जानकारी दिए । काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो । उनी […]
काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरण यो प्रकरण बाहिर आउनुभन्दा पहिल्यै उच्च सरकारी तहमा भएको बदमासीबारे जानकारी गराएको थिएँ नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले गम्भिरतापूर्वक लिएनन् अहिले म आफैंलाई यस्तो भयो मैले एक वर्ष पहिल्यै प्रहरी वृत्त, गौशालामा निवेदन दिएको थिएँ त्यसमा कुनै अनुसन्धान भएन, ५ लाख रुपैयाँको दरले उठाउन खोजेको […]
काठमाडौं ।। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, विस्तार र प्रवद्र्धनका लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औं स्थापना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा […]
काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले गरिबलाई झन गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको बताइन् । यसको विरोधमा आफूहरूले संसद् बैठकसमेत अवरुद्ध गर्नसक्ने चेतावनीसमेत दिइन् । सांसद श्रेष्ठले दैनिक उपभोग्य खाद्यन्नमा समेत सरकारले १३ […]
काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार भनिएका केशवप्रसाद दुलालका वकिलले उनी ठग नभएर आफैँ ठगिएको दाबी गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा थुनछेक बहस जारी छ । सरकारी वकिलबाट सुरु भएर जाहेरीवाला हुँदै अहिले अभियुक्ततर्फका वकिलको बहस सुरु भएको छ । बहसका क्रममा दुलालका वकिलहरूले उनकी श्रीमतीलाई क्यान्सर भएको, उपचार […]
काठमाडौं ।। काठमाडौं महानगरपालिकाले एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न निर्देशन दिएको छ ।महानगरभित्रका केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको पाइएको भन्दै महानगरले यस्तो निर्देशन दिएको हो । कतिपय कलेजहरुले कक्षा ११ को भर्नाका लागि विभिन्न कार्यक्रमहरु राखेर विज्ञापन गर्न थालेका छन् । राष्ट्रिय परीक्षा […]
काठमाडौं ।। राष्ट्रियसभा सदस्य बामदेव गौतमले सरकारले विदेशबाट खाद्यवस्तु आयातमा रोक लगाउनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि राष्ट्रियसभामा भइरहेको छलफलमा भाग लिँदै बुधबार गौतमले खाद्यवस्तुमा आत्मनिर्भर हुनुपर्ने र विदेशबाट खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् । ‘आगामी आर्थिक वर्षभित्र खाद्यवस्तुमा आन्तनिर्भरता, कृषिभूमिको चक्लावन्दी, कृषि उत्पादनको व्यवसायीकरण र औद्योगिकरण, राष्ट्रिय बजारको संरक्षण […]