काठमाडौं, । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका […]
काठमाडौं । बंगलादेशबाट प्रकाशित हुँदै आएको दैनिक पत्रिका द डेली ग्लोबल नेशनले नेपालका सरोज ओझासहित २८ देशका ५१ जना कविहरुलाई अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त गरेको छ । अंगे्रजी साहित्यमा कलम चलाउदै आएका ओझा द डेली ग्लोबल नेशनबाट अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त हुने पहिलो नेपाली हुन् । विश्वका करिब एक सय देशमा आफनो संजाल बिस्तार गरेको […]
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। […]
नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ। वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ। यस बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन्। एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन्। उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने […]
एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेल आज हुँदैछ। तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका नेपाल र हङकङ आज खेल्ने भएका छन्। ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समयअनुसार अपराहन्न ४: १५ बजेदेखि सुरु हुनेछ। शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो। यसअघि शुक्रबार नै सम्पन्न पहिलो […]
गण्डकी प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएकाे छ। सभामुख कृष्णप्रसाद धितालले प्रदेश अधिवेशनको सुरू भएकाे जानकारी गराएर बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्। शुक्रबार बसेको प्रदेश अधिवेशनको पहिलो बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले बहिष्कार गरेका थिए। कांग्रेसले सरकार गठनको विषयमा सर्वोच्च अदालतले फैसला सुनाउने क्रममा रहेकोले सो फैसला नआएसम्म प्रदेशसभा बहिष्कार […]
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बताए । अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनी सुन […]
पोखरा । नेपाली कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने भएको छ । शुक्रबर बसेको कार्यव्यवस्था समितिको बैठकले कांग्रेसले बहिष्कार गरेपनि प्रदेशसभा बैठक सुरु गर्ने निर्णय गरेको हो । सभामुख कृष्ण धितालले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकका लागि कार्यसूची पनि तय गरेको छ । ‘बैठक प्रदेश प्रमुखले आह्वान गरेपछि बस्नुपर्छ,’ एमाले प्रमुख सचेतक गोविन्द […]
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संविधानअनुसार नभएको बताएका छन्। प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संविधानविपरीत भएको भन्दै संविधानमा नभएको अभ्यास गरेर प्रदेशसभालाई अपवित्र नबनाउन आग्रह गरेका छन्। उनले संविधानको धारा अनुसार मात्र आफ्नो सरकार चल्ने बताउदै संकल्प प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्। उनले प्रदेशसभामा अलमलाउनका लागि संकल्प प्रस्ताव ल्याएको […]
काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । नेपालमा षट्कोण आर्ट्सबाट […]
काठमाडौँ । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद बनेकी हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शुक्रबार संसद् सचिवालयमा सभामुख घिमिरेले जसपाबाट समानुपातिक सांसद बनेकी हसिनालाई शपथ गराएका हुन् । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी हसिनाको नाम सिफारिस गरेको थियो ।