काठमाडौँ । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । सोमबार दिउँसो उनीहरुले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् । खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेतीले राजीनामा बुझाएका हुन् । सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडी इस्टविकलाइ नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार नियुक्त गरेको छ। क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै एस्टविकको नियुक्तिबारे जानकारी दिएको हो । आइसिसी टी-२० विश्वकप अघि उनलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको हो। वेस्ट इन्डिजका उनीसँग क्षेत्रीय टिमसँग काम गरेको अनुभव छ। ६३ वर्षीय इस्टविक पछिल्लो […]
विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाको बैठक निरन्तर चलिरहेको छ । प्रदेशसभा संसद सचिवालयमा अहिले केहीबेरमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बस्न लागेको छ । बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने सम्भावना रहेको […]
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । एक महिलाले आफूलाई बस्नेतले जबरजस्ती करणी गरेको भन्दै हुलाकमार्फत जाहेरी दिएकी हुन् । उक्त जाहेरी जिल्ला सरकारी वकिलबाट एक साताअघि नै जिल्ला प्रहरी परिसर काठमाडौंमा आएको प्रहरीले जनाएको छ । हुलाकमार्फत आएको जाहेरी स्वतः दर्ता हुने भएकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर […]
काठमाण्डौ – सुनसरीको हरिनगर लगायतका आसपासका क्षेत्रमा चार दिनअघि शुरु भएको प्रदर्शन हिंसात्मक हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । समस्या समाधानको लागि छलफल भैरहेको बेला हिजो एक्कासी एक समूहले प्रदर्शन थालेपछि प्रहरीले केही राउण्ड हवाइफायर र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गर्दा ९ जना प्रहरी घाइते भएका जिल्ला […]
‘पोर्चुगल’ । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिबार राति बेपत्ता भएको […]
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को १७ औं सिजनको २२ औं खेलमा आज चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल एमए चिदम्बरम (चेपौक) स्टेडियम, चेन्नईमा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । सिजनमा चेन्नईको यो पाँचौं खेल हुनेछ । टोलीले ४ मध्ये २ खेल जितेको छ । अर्कोतर्फ, कोलकाताको यो चौथो […]
उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्बजनिक गरिँदैछ । निर्वाचन आयोगका अनुसार उम्मेदवार बिरूद्द उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर, साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवार बिरूद्द उजुरी नपरेको जनाएको थियो । हिजो साँझ उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिसकेको […]
काठमाडौं । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइँदैछ । चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालिन समयमा शहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरेको मान्यता छ । तर, उसको प्रेतात्मा फेरि […]
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै मनमुटाव त्यागेर एकता महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । आइतबार भर्चुअल माध्यमबाट बसेको शर्मा समूहको बैठकले सबैले आ–आफ्नो इगो त्यागेर एकताको महाधिवेशन सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएको हो । बैठकलाई सम्बोधन गर्दै शर्माले भने, ‘साथीहरु सबैसँग मित्रवत् रुपमा अघि बढेर […]
आज सोमबारे औँसी । औँसी तिथि र सोमबार एकै दिन परेको दिनलाई सनातन धर्मावलम्बीमा सोमबारे औँसीका रूपमा मनाइन्छ। यस्तो संयोग परेको दिनलाई मौनी औसी पनि भनिन्छ। यो संयोगका दिन बिहान सबेरै उठेर नबोली नुहाउनुपर्ने मान्यता छ। वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ। पुराणमा […]
झापा । पचपन्न वर्षीय रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । ब्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो । तर सहकारी संस्थाबाट लिएको ऋणको मिटरब्याजले अहिले सबै सकिँदै गएको छ । दीर्घनारायणले भने, “चिन्ताले म डिप्रेसनको सिकार भएको छु । औषधि खानुपर्ने बनायो । छोरा […]