काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बस्दैछ । बैठक ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने तय भएको छ । पार्टीबाट सांसद बनेका ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो । सांसद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरी छानबिन गरिरहेको छ […]
विराटनगर । कोशी प्रदेशका अधिकांश मन्त्रीहरूको विभिन्न कम्पनीमा शेयर तथा लगानी देखिएको छ । कोशी प्रदेशका ६ मध्ये ४ जनाको काठमाडौँ उपत्यकामा घर र जग्गा रहेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा मुख्यमन्त्री हिकमत कार्की, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, स्वास्थ्य मन्त्री निर्मला सुब्बा र पर्यटन बन तथा वातावरण मन्त्री जीवन आचार्यको […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन दिएको छ । दूरसञ्चारले मंगलबार सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदसम्म सेवा बन्द गर्न नपाइने प्राधिकरणले जनाएको छ । स्मार्टको लाइसेन्स आगामी […]
राजविराज | सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित बरही विरपुर टोलका राजदेव रायको चार पुस्ता जमिनदारको खेतमा हलो जोतेर जीविकोपार्जन गर्दै आएको छ । सरकारले गत साउन २ मा हरूवाचरवा प्रथा अन्त्यको घोषणा गर्दा ५५ वर्षीय राय खुसी थिए । तर, पछिल्लो ९ महिनासम्ममा सरकारले पुनःस्थापनातर्फ ध्यान नदिएको भन्दै हरवाचरवा अहिले संघर्षमा उत्रिएका छन् । आन्दोलनको घोषित कार्यक्रम अनुसार शनिबार हरवाचरवा अधिकार […]
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा आयुर्वेद अस्पातलको लागि जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको जग्गा सहित पहल गरि दिन भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । स्थानीयहरुले नगरमा आयुर्वेद अस्पताल निर्माण गर्न माग गर्दै जिल्ला प्रशासान कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । इनरुवा नगरपालिकामा पहिलो चरणमा आयुर्वेद अस्पताल […]
इनरुवा । सुनसरीस्थित बर्जु गाउँपालिकाका इञ्जिनियर अजय मेहतालाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पक्राउ गरेको छ । मेहतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार घुससहित विराटनगरबाट पक्राउ गरेको हो । घरनक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको आरोपमा मेहतालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय […]
जनकपुरधाम मधेस प्रदेशको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को बारे पत्र सुनाए। प्रदेशसभामा गत आर्थिक वर्षका योजनाहरूको छानविन गर्न गठित उच्च स्तरीय संसदीय छानविन समितिको समयावधि पुनः बढाइएको छ। गत फागुन ४ गते उप–सभामुख बविता कुमारी राउत इशरको सभापतित्वमा गठित समितिलाई दिइएको ३० दिनको समयमा काम गर्न नसकेपछि वैशाख मसान्तसम्मको समय […]
सियोल विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ। दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ४४ हजार थियो, जुन गत वर्षको सोही महिनाको तुलनामा ८.५ प्रतिशतले बढी हो भने यो वर्षको फेब्रुअरीमा रहेको १४ […]
काठमाडौं प्रहरीले ४२ टन चिनीसहित दुई ट्रक नियन्त्रणमा लिएको छ। पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञानपत्रमा उल्लेख भएको भन्दा बढि करिब ४२ टन चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले आइतबार उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन्। […]
काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले तनहुँ १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई समर्थन गरेको छ । उक्त क्षेत्रमा विष्णु पराजुलीलाई अघि सारेको लौरो अभियानले पराजुलीको उम्मेदवारीलाई निष्क्रिय पार्दै वाग्लेलाई समर्थन गर्ने निर्णय गरेको हो । ‘उहाँ आर्थिक क्षेत्रमा अन्तराष्ट्रियरूपमा विज्ञता हासिल गर्नुभएको र हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा यथाशीघ्र आवश्यकता […]
धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित मालाखेती अस्पतालमा आमा र बच्चाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । गोदावरी नगरपालिका वडा नं. २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई र उनको पेटमा भएको बच्चाको मृत्यु भएपछि तनाव सिर्जना भएको हो । आइतबार उनलाई सुत्केरीको लागि अस्पताल गरिएको थियो । डाक्टरहरूको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऋषिकेश पाेखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ’ भनी टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे उनले भने, ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ । अरु अरु मालदार मन्त्रीहरुको कति होला ?’ सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछाने […]