काठमाडौँ । गत मंसिरमा भएको चुनावमा बारा क्षेत्र नं २ बाट निर्वाचित जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन लड्ने तयारी गरेका छन्। मंसिरमा भएको निर्वाचनमा यादवले सप्तरी क्षेत्र नं २ बाट हारेका थिए। उनै यादव सत्ता गठबन्धनको तर्फबाट बारा […]
काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रभु साहले तस्कर तथा भन्सार छली प्रकरण रोक्न सरकारले दिने ४५ प्रतिशत कमिसन कसले खाइरहेको भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले १० वर्षमा १० पटक नियमावली संशोधन गरेर कानुनको कभरमा ब्रह्मलुट भइरहेको आरोप लगाए । भन्सार ऐन र नियमावलीअनुसार समातेर बुझाउनेलाई ३० प्रतिशत र सूचना दिनेलाई १५ […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओखलढुंगाका २ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भईरहेको दृष्टान्त पेश गर्दै सरकारसँग सो माग गरेका हुन्। […]
काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् । राजदूत शर्माले आइतबार भारतको लखनउस्थित मुख्यमन्त्री योगीको सरकारी निवासमा भेटवार्ता गरेका हुन् । राजदूत शर्माले आफ्नो ट्युटवमा मुख्यमन्त्री योगीसँग भेटेकोमा खुशी लागेको उल्लेख गरेका छन् । उत्तर प्रदेशको विकासमा मुख्यमन्त्री योगीको भूमिका सह्रानीय रहेको उल्लेख गर्दै […]
काठमाडौँ । राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन माग प्रस्ताव गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पलायन हुने स्थिति बढेको भन्दै उनीहरुको पारिश्रमिक बढाउन प्रस्ताव गरेका हुन् । मन्त्रीका स्वकीय सचिवको भन्दा पनि कम खेलाडीको […]
काठमाडौं । ११ दिनको पैदल हिँडेर तराई मधेसका मिटर ब्याज पीडित काठमाडौं आइपुगेका छन् । चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् । मिटरब्याजविरुद्धको संघर्ष समितिको समन्वयमा उनीहरु ‘बर्दिबास-काठमाडौं पैदल मार्च अभियान’ मा सहभागी भएका हुन् । तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही […]
काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद अशोक कुमार राईले प्रदेश नम्बर १ को नाम कोशी नाम राखिएपछि भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद राईले प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि तीव्र विरोध भएको उल्लेख गरे । सो विरोधको क्रममा […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार तीन एटीसीलाई कारबाही गरेको छ । एकै समयमा एकै उचाइमा उडानको अनुमति दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीन एटीसीलाई कारबाही गरिएको हो । घटनाका बारेमा छानबिन गर्न भन्दै अर्काे सूचना नआएसम्मका लागि उनीहरूलाई निलम्बन गरिएको छ । प्राधिकरणले उनीहरूको नाम खुलाएको छैन । घटनाबारे छानबिन गर्न प्राधिकरणले समिति […]
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरि स्थित खानेपानीको ट्याङ्कीमा शव फेला परेको छ । आइतबार बिहान पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा शव फेला परेको हो । घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिनुभयो […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो भने कांग्रेसको पदाधिकारी बैठकले पनि सोमबारसम्म विस्तार हुने भएकाले सरकारमा सहभागीहरुको नामावली आइतबारसम्म टुंगो लगाउने बताएको थियो । कांग्रेसको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले सरकार विस्तारमा भइरहेको प्रगतिका […]
बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव बारास्थित गृह जिल्लाको भ्रमणमा आएका छन् । उपराष्ट्रपति भएपछि यादव पहिलो पटक आइतबार गृह जिल्ला आएका हुन् । उनको स्वागतमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, निवर्तमान संघीय सांसद रामबाबु प्रसाद यादव, प्रदेश सभा सदस्यहरू, पालिका प्रमुखहरू, स्थानीय प्रहरी प्रशासन प्रमुखहरू , जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरू रजनता समाजवादी पार्टीका नेता […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारणलाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत् प्रसारणलाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । नयाँ खिम्तीमा […]