रुसले छिमेकी देश बेलारुसमा परमाणु हतियार परिचालन गर्ने भएको छ। युक्रेनमाथिको आक्रमणमा समर्थन जनाइरहेको बेलारुसमा रुसले रणनीतिक हतियार परिचालन गर्ने भएको हो। राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युरोपका कयौँ स्थानमा परमाणु हतियार परिचालन गरेको दाबी गर्दै रुसले बेलारुसमा यस्तो हतियार परिचालन गर्नु परमाणु निशस्त्रीकरण सम्झौताको उल्लंघन नहुने बताएका छन्। उनँले ती रुसी परमाणु हतियारको कन्ट्रोल बेलारुसलाई […]
बुटवल । राष्ट्रपति निर्वाचनले परिवर्तन भएको सत्ता समीकरणका कारण लुम्बिनीमा पनि सरकार परिवर्तन हुन लागेको छ । नेकपा (एमाले)का लिला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीहरुले राजीनामा दिएका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीका मन्त्रीले मुख्यमन्त्री गिरीसमक्ष राजीनामा दिएको बताए। उनले भने, “हाम्रो दलका मन्त्रीहरुले मुख्यमन्त्रीसमक्ष राजीनामा दिनुभएको छ।” यता नेपाली […]
गुल्मी । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले व्यवसायीहरु संकटमा परेको बताएका छन्। गुल्मी उद्योग वाणिज्य संघको ३१औँ साधारणसभालाई सम्बोधन गर्दै शर्माले देशमा राजनीतिक स्थिरता नहुँदा व्यवसायीहरू संकटमा परेको उल्लेख गरेका हुन्। राजनीतिक स्थिरता नहुँदा देशको अर्थतन्त्र पनि संकटमा रहेको दाबी गर्दै बैंकको ब्याजसमेत तिर्न नसकेर व्यवसायीहरुलाई समस्या परेको बताएका छन्। देशमा राजनीतिक स्थिरता रहेमा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि ‘साबिकका मन्त्रालयहरू पाउनुपर्ने’ शर्त अघि सारेको छ । यसअघि सरकारमा जाँदा पाएका तीन मन्त्रालयहरूमा उसले दाबी गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि सहभागी रहेको रास्वपाले गृह मन्त्रालयसहित शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालय पनि पाएको थियो । साथै, स्वास्थ्य राज्यमन्त्री पनि पार्टीको भागमा परेको […]
काठमाडौँ । गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक रहेको बताएका छन्। आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उनले यस्तो बताएका हुन्। सचिव सिंहले अनुशासित, स्वच्छ र व्यवसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने उल्लेख गरे। उनले समाजमा प्राविधिक गतिविधिहरुमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न […]
ट्युनिसिया । उत्तरी ट्युनिसियाको सामुद्रिक तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । डुङ्गामा यात्रा गरिरहेका अन्य ६७ जना बेपत्ता रहेका ट्युनिसियाली सामुद्रिक सुरक्षा अधिकारीले पुष्टि गरेका छन् । पछिल्लो दुई दिनमा महिला र बालबालिका सवार रहेको डुङ्गा दुर्घटना भएको यो पाँचौं घटना हो। डुङ्गा यूरोप छिर्ने आप्रवासी बोकेर इटालीतर्फ गइरहेको […]
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो ‘भीष्म प्रतिज्ञा’ भएको बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा कुँवरले भने–‘आन्तरिक शुद्धीकरण मेरो भीष्म प्रतिज्ञा हो, त्यसबाट म किञ्चित पनि डगमगाउने छैन ।’ प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने अवस्था नभएको कुँवरले बताए । ‘प्रहरी समाजकै अङ्ग हो, त्यसैले राम्रा नराम्रा […]
सल्यान । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय भएको बताउनुभएको छ । उहाँले राजनैतिक व्यवस्था परिवर्तनमा सञ्चार क्षेत्रले खेलेको इतिहास गर्व गर्न लायक भएको बताउनुभयो । अब जनताको अवस्था परिवर्तनमा पनि पत्रकार र सञ्चार जगतले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । सल्यानमा सञ्चालित सामुदायिक रेडियो शारदा एफएमको […]
बारा । टाइ व्रेकरमा ४–३ को कठिन जित निकाल्दै मकवानपुर ११ बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । मकवानपुर ११ ले बनाएको २–० को शुरुवाती अग्रता जोगाउँन नसक्दा खेल अतिरिक्त समय हुँदै टाई व्रेकरमा धकेलिएको हो । निर्धारित समय २–२ को बराबरीमा सकिए पछि ३० मिनेंटको अतिरिक्त समयमा दुबै […]
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल जारी राखेका छन् । नयाँ वानेश्वरस्थित संसद भवनको शंकर हलमा छलफल जारी छ । प्रतिनिधिसभा नियमावली लगायतका विषयमा छलफल केन्द्रित रहेको बताइन्छ । प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन संसदमा विचाराधीन छ । प्रतिनिधि सभामा पेश भइसकेको नियमावलीको मस्यौदाउपर दलहरुले संशोधन प्रस्ताव […]
धनगढी । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज दर्ज्यानी चिह्न लगाएका छन् । उनलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । गत शुक्रबारको मन्त्रिपरिषद बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त आईजीपी कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । […]
धनगढी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लडेर पुनः संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको बताएका छन् । तर त्यसबारे आफूले कुनै निर्णय नगरेको उनको भनाइ छ । आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुन लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा […]