काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र युद्धका बेला भएका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गएको बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा दलित समुदायमाथि भएको अपमान र विभेदविरुद्धको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिंदै उनले विगतमा गर्वका साथ सुनाइने गरेको अन्तर्जातीय विवाह अहिले गर्वको विषय हुन छाडेको बताए । ‘हामीले युद्ध वा आन्दोलनका बेलामा जे कुरा उठायौं […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका थिए । बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको महामन्त्री धवलशम्शेर राणाले जानकारी दिए । भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी थिए ।
काठमाडौँ, चैत ८ गते । चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो गीत ‘मार्सी धान’ मङ्गलबार प्रदर्शन गरिएको हो । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा सङगीत छ । लोक शैलीमा तयार पारिएको गीतको भिडियोमा विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । गीतको भिडियोमा […]
काठमाडौं । लामो समय काँकरभिट्टा प्रहरीमा घुमुवा बसेर तस्कर हरुसँग रकम उठाइ कमाउ धन्दा गर्ने प्रहरी बिनोद मण्डल पुनः काँकरभिट्टा काज आएका छन । प्रहरी सहायक हवल्दार विनोद मण्डल हाकिमको इसारामा सुचना संकलन गर्ने भन्दै तस्कर हरुसँग रकम उठाइ कमाउ धन्दा चलाउँने प्रहरीका रुपमा बिगतमा समेत विवादमा आएका थिए । सादा पोशाकका प्रहरीको सहयोगमा तस्करले […]
सिमकोट । डेढ महिनापछिको हिमपातले हिमाली जिल्ला हुम्लाका किसानहरु खुसी भएका छन्। खडेरीका कारण सुक्न लागेको जेठासी बाली सुक्न नपाउने र कात्तिके बाली लगाउन सहज हुने भएपछि हिमपातबाट किसान खुसी भएका हुन्। स्याउ फारमका लागि डेढ सय बोट स्याउका बिरुवा लगाएका किसान दल भण्डारीले हिमपातले किसानका लागि राहत मिलेको बताए। लामो समय खडेरी परेको कारण […]
दाङ । दाङमा सम्राट सिमेन्ट उद्योगका कारण बस्ती विस्थापित हुने अवस्थामा पुगेको भन्दै प्रदुषण नियन्त्रणको लागि सम्बन्धित निकायको ध्यानकर्षण गराइएको छ। लमही नगरपालिका वडा नं. ७ स्थित उद्योग छेउछाउका नागरिकले जीवनरक्षाको माग राख्दै स्थानीय सरकारसहित सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन्। ‘उद्योगबाट निस्किएको धुलो, धुवाँ र आवाजका कारण हामीलाई समस्या पर्यो,’ स्थानीय कुमोद देवकोटाले भने, ‘उद्योगसँग […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा निर्माण हुन लागेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाको लागि प्रदेश सरकारले १ अर्ब रकम बिनियोजन गर्ने बताउनुभएको छ । मुख्यमन्त्री यादवले जनकपुरधामको वडा नंं १४ रजौलमा बन्न लागेको रङ्गशालाको भौतिक अवस्थाको आज निरीक्षण गर्नुहुँदै रङ्गशालाको निर्माण गरेर ११औँ राष्ट्रिय खेलकुद जनकपुरधाममा नै गर्नका लागि प्रयास गर्ने बताउनुभयो । उहाँले भारतका […]
वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादी स्थित शिवम् लेयर्स फार्म प्रा.लि.को कारण हजारौं परिवार महामारीको शिकार बनेका छन् । कुखुराको अण्डा उत्पादन गर्ने उद्योगमा भइरहेको चरम लापरवाहीले गर्दा त्यस क्षेत्रका २ हजार भन्दा बढि घरधुरी परिवार विभिन्न रोगको महामारीको शिकार बनेका हुन् । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादी स्थित शिवम् लेयर्स […]
काठमाडौं । राष्ट्रिय सभा सांसद विमला राई पौड्यालले केही युवाहरूमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ मागेकी छन्। मंगलबार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए। जसमा प्रहरीले युवाहरूको मुख थुनेर बोल्न नदिएको भन्दै भिडिओ सार्वजनिक भएको थियो। उनीहरूलाई प्रहरीले […]
इनरुवा । इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले नेपाल सरकारको निर्देशन र दशौ नगरसभाको निर्णय विपरित कानुन मिच्दै मनपरी ढंगले बजेट खर्च गरेको फेला परेको छ। इनरुवा नगरपालिकालाई नेपाल सरकार अर्थ मन्त्रालय र संद्यिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ माघ १७ गते फजुल खर्च कटौती गर्न दिएको निर्देशन र २०७९ माघ २७ गतेको नगरसभाको निर्णय […]
विराटनगर। नेपाली नागरिकता तिब्बती शरणार्थीलाई दिएको आरोपमा मोरङ सुन्दरहरैंचाका एकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहल काठमाण्डौंका न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई पक्राउ गरेको हो । उनीहरुलाई गत चैत ५ गते बबरमहलबाट पक्राउ गरिएको थियो । उनीहरुको […]
प्रायः छोराछोरीका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गर्ने बानी सबैजसो अभिभावकको हुन्छ । तर फ्रान्सले भने अभिभावकको यस्तो कार्यलाई रोक्नका लागि कडा कानून बनाएको छ । जसअनुसार बच्चाका तस्वीर सामाजिक सञ्जालमा सेयर गर्ने अभिभावलाई सजाय हुनेछ । बालबालिकालाई उनीहरूका तस्वीर तथा भिडियोमा गोपनीयता प्रदान गर्नका लागि फ्रान्सले एक नयाँ कानून पारित गरेको हो । यो कानूनले […]