सुमित भण्डारी झापा- गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको फाल्गुन ९ गते हुने निर्वाचनको लागी शनिबार मनोनयन दर्ता भएको छ। अध्यक्ष पदमा नगेन्द्र कार्की (नरेश) र कृष्णप्रसाद बाँस्कोटाको मनोनयन दर्ता भएको छ। काङ्ग्रेस -एमाले सम्मिलित प्यानलको नेतृत्व गर्दै कार्कीले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी […]
काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो । वार्तामा […]
काठमाडौं। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजे उक्त बैठक सुरु हुँदैछ। गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजका लागि तोकिएको थियो।
गनेश कुमार यादव माघ २७ गते इनरुवा । उद्योग वाणिज्य संघ इनरुवाको नयाँ कार्यसमिती चयनको लागि हुने निर्वाचनमा तिनवटा प्यानलबाट चुनावी मैदानमा व्यवसायीहरु उत्रिएका छन । माघ २८ गते शनिवार हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदमा उद्योग वाणिज्य संघ इनरुवाका वर्तमान अध्यक्ष विरेन्द्र साह , समाजसेवी केदार ओझा र हार्डवेयर व्यवसायी पहलबहादुर कटुवाल अहिले चुनावी अभियानमा […]
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन्। शुक्रबार अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने बिशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि संयुक्त बैठकले […]
काठमाडौँ । सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । बुधवार पानी वितरण कार्यको परीक्षण सफल रूपमा सम्पन्न भए पछि आज देखी २४ घण्टा मेलम्चीको पानी नियमित रूपमा मुलुकको सबैभन्दा ठुलो प्रशासनिक क्षेत्र सिंहदरबारमा वितरण कार्य सुरु हुन लागेको हो । जसअनुसार सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा मेलम्चीको पानी उपलब्ध […]
झापामा भाउ नपाएपछि किसानले जिउँदै सडकमा कुखुरा फाले झापा, २४ माघ । मूल्य नपाएको भन्दै झापाली कुखुरापालक किसानहरुले बिर्तामोडको मुक्ति चोकमा जिउँदै कुखुरा फालेर विरोध जनाएका छन् । आफ्ना उत्पादनले बजार पाउनु पर्ने माग गर्दै उनीहरुले अण्डा र कुखुरा सडकमा फालेका हुन् । कृषिमा आत्मनिर्भर बनाउन सरकारले हौस्याएपछि आफुहरुले कुखुरापलन गरेको तर उचित बजार भाउ नपाएर […]
काठमाडौं, २४ माघ । फेब्रुअरी महिनालाई प्रेमिल जोडीहरुको महिना मान्ने गरिन्छ । उनीहरुका लागि फेब्रुअरी महिना निकै विशेष हुन्छ । फेब्रुअरीको दोस्रो साता अर्थात आजबाट प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्छन् । माया गर्नेहरूका लागि आजबाट हरेक दिन उत्सव जस्तै हुन्छ । प्रेम गर्ने जोडीहरूले साताभर आफ्नो पार्टनरसँग प्रेम व्यक्त गर्न विभिन्न तरिकाहरू अपनाउँछन् त्यसैले प्रेमको […]
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने स्रोतले बतायो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सरकारबाट आइतबार बाहिरिएको छ ।
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार गठन नभएको दुई महिना पनि नबित्दै विश्वासको मत दिने सत्तारुढ पाँच दल नै असन्तुष्ट बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको दुई दिने ‘अल्टिमेटम’ शनिबार सकिँदै गर्दा सत्तारुढ पाँच दलले प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्। मुख्यत: राष्ट्रपति निर्वाचन र गृह मन्त्रालय बाँडफाँट गर्ने विषयमा […]
भरत यादव झापा , नेपाल यादव सेवा समिति झापा शाखा को आयोजना तथा संजीवनि हर्ट हस्पिटल प्रा लि को प्राविधिक सहयोग र सुरुवाति कोठा नेपाल तथा आदर्श स्कुल अफ मेनेजमेन्ट को सहकार्य मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्बन्धि कार्यक्रम गरिएको छ आदर्श कलेज का विद्यार्थी ,शिक्षक लाई निसुल्क मुटु तथा जनरल फिजिसियन सेवा दिएको […]
काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ । सरकारमा रहने वा सरकारबाट बाहिरिने भन्नेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारलाई दुई दिने अल्टिमेटम दिएको हो । वसुन्धरास्थित पार्टी कार्यालयमा बिहीबार […]