म्याग्दी । पत्रकारहरुले पेसागत मर्यादालाई ख्याल गर्दै स्वतन्त्र, निष्पक्ष र व्यावसायीक पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार बेनीमा आयोजित नेपाल प्रेस युनियन म्याग्दी शाखाको आठौं साधारणसभा तथा छैठौं अधिवेशनमा आफ्नो धारणा राख्नुहुँदै वक्ताहरुले सञ्चारमाध्यम र पत्रकारहरुले व्यवसायीक मर्यादालाई ख्याल गर्दै इमान्दार भएर कलम चलाउनुपर्नेमा जोड दिएका हुन् । अधिवेशनमा प्रतिनिधिसभाका सदस्य खमबहादुर […]
धनगढी । आधारभूत तह कक्षा ८ को परीक्षामा शून्य नतिजा ल्याउने धनगढीका १७ सामुदायिक विद्यालयलाई चालु शैक्षिक सत्रमा १० लाख बराबरको शैक्षिक सामग्री दिइने भएको छ। शुक्रबार विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूसँग गरिएको अन्तर्रक्रिया कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख (मेयर) गोपाल हमालले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट विद्यालयहरूका लागि शैक्षिक सामग्री खरिद गरेर उपलब्ध […]
संखुवासभा : संखुवासभामा भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखा भन्ने स्थानमा हेलिकप्टर दुर्घटनामा परेको छ। अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। अरुण नदी नजिककै जहाज दुर्घटना भएको र उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।
जनकपुरधाम । सिरहाको लहान नगरपालिकाका १५ ढोढनास्थित पञ्चावती राजदेवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा यहाँ बोका र परेवाको बलि चढाइन्छ । यो वर्ष करिब १८ देखि २० हजार बोकाको बलि दिइने मेला आयोजक समितिको अनुमान छ । शान्तिको कामना गर्दै बुद्धजयन्ती मनाइरहँदा सोही दिनमै हजारौं पशुपन्छीको बलि दिइएको भन्दै टिप्पणीसमेत […]
रौतहट । रौतहटमा एक महिलामाथि निर्घात कुटपिट भएको छ। चन्द्रपुर नगरपालिका वडा नं-१० बालचनपुरका एक युवाले एक महिलामाथि निर्घात कुटपिट गरेका हुन्। स्थानीय रामज्योदी पासवानको छोरा विजय पासवानले गाँउकै एक ३२ वर्षकी विवाहित महिलामाथि बिहिबार लछारपछार गर्नुका साथै निर्घात कुटपिट गरेका हुन्। कुटपिटबाट घाइते महिलाको अहिले चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रालीमा उपचार भइरहेको छ। राजनीतिक संरक्षणमा […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङमा रहेका दुई ठुला सरकारी अस्पताल हुन्– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले तीन सय बेड र राप्ती प्रादेशिक अस्पतालले ५० बेडसहित सेवा प्रवाह गरिरहेका छन् । प्रतिष्ठानका तीन सय बेडमध्ये १० बेडमा आईसीयु सेवा सञ्चालन गरेको छ भने राप्ती […]
काठमाडौं । चितवनका व्यवसायी एवं नेपाली कांग्रेसका नेता शंकर कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । कँडेलको परिवारले सुसाइड नोटको आधारमा दुईजनाविरुद्ध उजुरी दिएका थिए । चितवन प्रहरीका अनुसार बझाङ छबिसपाथिभेरा- १ घर भई हाल चितवन भरतपुर महानगरपालिका- ८ बस्ने ३६ वर्षीय जीवनबहादुर रावललाई पक्राउ गरिएको हो । उनलाई बिहीबार बारा जितपुर […]
जनकपुरधाम । धनुषा जिल्लाको चर्चित समुदायिक विद्यालय रहेको गिद्धा बेलापट्टि स्कूलमा प्राविधिक शैक्षिक समाग्री सहयोग गरिएको छ । समाजिक एवम् शिक्षा क्षेत्रमा निरन्तर कार्यरत आसमान नेपालको सिकाई परियोजना अन्तर्गत एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई “स्टीम” अर्थात साईन्स, टेक्नोलोजी, ईन्जिनीयरिँग, आर्ट र म्याथ सम्बन्धी प्राविधिक उपकरणहरु सहयोग गरिएको हो । बुधबार एक कार्यक्रमबीच विज्ञान, टेक्नोलोजी, ईन्जिनियरिग, […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उभौली पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै उभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजक, अर्थात् नेपालका किराँत समुदायभित्रका विभिन्न जातिले मनाउने प्रसिद्ध पर्व भएको उल्लेख गरेका छन्। यसको अर्को […]
इनरुवा । नापी कार्यालय सुनसरीमा काम लिएर जाने सेवाग्राहीले काम गरे वापतको अतिरिक्त रकम नजराना नदिएसम्म कर्मचारीले हप्ता दिनसम्म काम नगर्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन । सुनसरी सदरमुकाम इनरुवामा रहेको नापी कार्यालय सुनसरीमा जग्गाको नाप नक्शा सम्बन्धी काम लिएर आउने सेवाग्राही जग्गाधनीले कर्मचारीलाई नजराना रकम नदिदा हप्ता दिनसम्म सास्ती पाउनु पर्ने स्थिति रहेको उनीहरुको […]
सर्लाही । मधेश प्रदेशको सर्लाही जिल्लास्थित एक स्थानीय तहका कार्यालय प्रमुख हाजिरी भएकै दिन सरुवा पाएका छन् । सर्लाहीको हरिपूर्वा नगरपालिकामा हाजिर भएकै दिन एकजना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हो ।गत आइतबार मात्रै कार्यालयमा हाजिर भएका शम्भुप्रसाद यादवको हाजिर भएकै दिन सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख १४ गते चलानी […]
रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकारिता निष्पक्ष, विश्वसनीय र यथार्थपरक हुनुपर्ने बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बुधबार नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित मधेश प्रदेश सञ्चार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री यादवले मधेश प्रदेशका पत्रकारको हक, हित, संरक्षण र पेसागत दक्षताका लागि मधेश […]