सिरहा । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिनमात्र फूल्ने फूलको दर्शन गर्न शुक्रबार बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठूलो भीड लागेको छ । लहान नगरपालीकाकाको १२ र २२ नम्वर वडाको पूर्व–पश्चिम राजमार्गसँगै रहेको सलहेश फूलवारीमा एक दिन मात्र फूल्ने फूल दर्शन गर्न हजारौंको संख्यामा भक्तजनहरु जम्मा भएका हुन् । […]
बाजुरा । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन्। हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ। लगातार तीन महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा बालकमा कालाजार […]
गोरखा । गोरखा नगरपालिकाले दमकल किनेको ५ वर्ष भयो । यो अवधिमा लक्ष्मीबजारस्थित एक घरको आगो निभाउनबाहेक यसको प्रयोग हुन सकेको छैन । पाँच बर्षको अन्तरालमा जिल्लामा आगलागीका धेरै घटना भएका छन् । हिजोआज नगर क्षेत्रमै दिनहुँजसो वन डढेलोको घटना भइरहेका छन् । तर जिल्लाबासीले दमकलको साथ पाएका छैनन् । मेयर कृष्ण रानामगर सडकका कारण […]
काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारी देवप्रकाश राईले घुस मागेको अडियो सार्वजनिक भएको छ । उनले नगरपालिकामा जागिर लगाइदिन्छु भनेर एक व्यक्तिसँग डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको हो । अडियोमा गुड्डुकुमारी मण्डलले आफूसँग अहिले ५० हजार रुपैयाँ रहेको बाँकी पैसा १० दिनभित्र दिने बताउँछिन् । तर राईले […]
काठमाडौँ । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार हेलिकप्टर र स्थलगत मार्गबाट बेपत्ताको तीव्ररूपमा खोजतलास तथा उद्धार कार्य भइरहेको छ । “हिम पहिरोमा पुरिएकाको खोज तथा उद्धार कार्य निकै कठिन […]
दैलेख । दैलेख जिल्ला अदालतले युवती बलात्कार कसुरमा भगवतीमाई गाउँपालिका–२, रुमका २१ वर्षीय मोहन बुढालाई सात वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सात वर्ष कैद, पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा एक हजार तीन सय रुपियाँ तिर्नुपर्ने फैसला मङ्गलबार भएको हो। दैलेख जिल्ला अदालतका सूचना अधिकारी टीकाराम […]
नेपालगञ्ज । पश्चिम नेपालको मुख्य ट्रान्जिटको रूपमा रहेको कोहलपुरमा काठमाडौंको धरहराको झल्को दिने गरी निर्माण गरिएको दश तले भ्यूटावरको निर्माण सम्पन्न भएको छ । कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माण गरिएको लिफ्टसहितको सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण कार्य पूरा गरिएको निर्माण कम्पनी एशोसिएट जय भवानी निर्माण कम्पनीका सञ्चालन अर्जुन पनेरुले बताउनुभयो । उहाँले दुई साताभित्र सर्वसाधारणका लागि […]
सुनसरी । जिल्ला अस्पताल सुनसरी,इनरुवाका प्रमुख डा.देवराज घिमिरे बारम्बार चर्चामा आइरहेका छन् । अस्पतालको वातावरण सुधार देखी जिल्ला समन्वय समितिका सभापति सँगको सम्बन्धको कारण उनी चर्चामा रहे । इनरुवा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी पाएदेखीनै घिमिरे अस्पतालको व्यवस्थापनमा सक्रिय देखिए । नियमित सेवा प्रवाह गर्नेदेखि अस्पतालमा उपकरणको व्यवस्थापन र सरसफाइमा उनले ध्यान दिए । […]
पर्वत । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा सातवटा भेन्टिलेटर रहेका छन् । भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन् । कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले दिएको रु एक करोड ६९ लाखको लगानीमा आइसीयू र […]
नेपालगञ्ज । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा सम्पन्न महाधिवेशनले थेबेलाई अध्यक्ष चयन गरेको हो । नवनिर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै युवा संघका इन्चार्ज महेश बस्नेतले उपमहासचिव र सचिव सरह बरियता दिनेगरी विभागी प्रमुख समेत चयन भएको बताए । महाधिवेशनबाट सात उपाध्यक्ष चयन भएका छन् भने महासचिवमा […]
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ। महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रङ्गशालामा पुगेर समापन भएको थियो। समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यवाहक मेयर काजीबहादुर […]
बाजुरा । डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा एक अधिकृतको भरमा कामकाज हुँदैआएको छ । डिभिजन वन मातहतका छ सबडिभिजन वन कार्यालयमा अधिकृतस्तरको दरवन्दी भए पनि वन रक्षकले […]