May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

सुदूरपश्चिम प्रदेश

बैतडीमा स्थानीय तहले पनि सार्वजनिक बिदामा सेवा दिने

बैतडीमा स्थानीय तहले पनि सार्वजनिक बिदामा सेवा दिने

बैतडी । जिल्लाका स्थानीय तहहरूले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने भएका छन्। यहाँको सुर्नया गाउँपालिकाले एक सूचना जारी गर्दै बिदाको दिन पनि सेवा दिन जनाएको छ। शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन गाउँपालिकाले सेवा दिने सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए। अब बिदाको दिन सबै वडा कार्यालय, […]

  • १ year अगाडि
विकृति रोक्न सीमा क्षेत्रमा सिसी क्यामेरा जडान

विकृति रोक्न सीमा क्षेत्रमा सिसी क्यामेरा जडान

बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन् । दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौँ बजारमा सिसी क्यामेरा जडान गरेको हो । दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिए । मुख्य बजार […]

  • १ year अगाडि
कैलालीमा १२१ जना सिकलसेलका बिरामी थपिए

कैलालीमा १२१ जना सिकलसेलका बिरामी थपिए

धनगढी । कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग  सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् । यस अघिसम्म सो गाउँपालिकाबाट निःशुल्क उपचार सेवा लिने सिकलसेल एनिमियाको बिरामीका सङ्ख्या ८८ रहेको थियो । समुदायमा रहेका सिकलसेल एनिमियाको […]

  • १ year अगाडि
समूहबाट ऋण झिकेर, मजदुरीबाट बचेको पैसाले पार्टी सदस्यता नवीकरण

समूहबाट ऋण झिकेर, मजदुरीबाट बचेको पैसाले पार्टी सदस्यता नवीकरण

कैलाली । बाजुरा जिल्लाको गौमुल गाउँपालिका-४ घोगाला गाउँकी खिरी रोकायाले महिला समूहबाट ऋण झिकेर नेकपा एमाले पार्टी संगठित सदस्यता नवीकरण गरेकी छन् । रोकायाले श्रीमान् र आफ्नो गरी दुई वर्षको प्रति व्यक्ति ४ सय ८० का दरले ९ सय ६० रूपैयाँ तिरेर सदस्यता नवीकरण गरेकी हुन् । रोकायाले गाउँमा भएको महिला समूहबाट १ हजार ऋण […]

  • १ year अगाडि
३३ वडामा छैनन् वडासचिव

३३ वडामा छैनन् वडासचिव

डोटी  । डोटी जिल्लाको ६५  वडामध्ये ३३  वडामा वडासचिवको दरबन्दी रिक्त छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ । छ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा सचिव नभए पनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन् […]

  • १ year अगाडि
खानेपानी भर्ने पालो तीन दिनपछि !

खानेपानी भर्ने पालो तीन दिनपछि !

बैतडी । बैतडीको मेलौली नगरपालिका–७, काँडाबजारमा एक जर्किन पानी भर्न तीन दिन पालो कुर्नुपर्ने बाध्यता छ। धारामा पानी भर्न राखेको ४० लिटरको जर्किन भर्न तीन दिन पालो कुर्नुपरेको स्थानीय उपभोक्ता भोजराज भट्टले बताउनुभयो। प्राथमिक स्वास्थ्य केन्द्र र डेरा गरेर क्याम्पस पढ्ने विद्यार्थी झनै समस्यामा परेको उहाँले बताउनुभयो। काँडा बजारमा २०४७ सालमा ग्वाल्लेकबाट ल्याइएको खानेपानी योजना […]

  • १ year अगाडि
स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै

स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै

धनगढी । घर–घरमा आएर पशुलाई टोक्ने स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–१ मा आतङ्क मच्चाएपछि स्थानीयले स्याललाई मारेका हुन् । स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले जानकारी दिनुभयो । ‘स्यालमा प्रायः रेबिज हुने गर्दछ’, उहाँले भन्नुभयो, ‘तर, पशुपन्छी रोग अन्वेषण […]

  • १ year अगाडि
६५ वर्षमा ६४ ले गुमाए ज्यान

६५ वर्षमा ६४ ले गुमाए ज्यान

दार्चुला  ।  नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो। घरबाट भारतीय बजार धारचुला सामान किन्न जाने क्रममा तल्लो दुम्लिङस्थित महाकाली नदीमा तुइनबाट खसेर उहाँको मृत्यु भएको वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिनुभयो। नदीमा खसेलगत्तै स्थानीय र सुरक्षाकर्मीले […]

  • १ year अगाडि
महिलालाई मारेको बाघ नियन्त्रणमा

महिलालाई मारेको बाघ नियन्त्रणमा

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ को खप्टीनालामा स्थानीय महिलालाई आक्रमण गरेर मारेको बाघलाई प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ । घाँस काट्ने क्रममा आक्रमण गरेर सोही ठाउँ बस्ने गंगा चन्दलाई लगेको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगीले […]

  • १ year अगाडि
तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब माग गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् । तीन महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मीले सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन । कैलारी गाउँपालिकाको लिखित सहमतिको आधारमा समायोजन संशोधन र समायोजन मिलान भई आएका विभिन्न तहमा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब नपाएको जनाइएको छ । नियमित मासिक रूपमा पाउनु पर्ने […]

  • १ year अगाडि
गहुँ सुकाउँदा दुर्घटनाको जोखिम

गहुँ सुकाउँदा दुर्घटनाको जोखिम

बाजुरा  । बाजुराको साँफे–मार्तडी राजमार्गअन्तर्गत पर्ने डाब बजारदेखि मार्तडी सडकको बीचमा स्थानीयले सुकाउने गरेको गहुँले पछिल्लो समय सडकमा दुर्घटनाको जोखिम बढाएको छ। बूढीगङ्गा र बडीमालिका नगरपालिकाका अधिकांश स्थानीयले चुट्नका लागि गहुँबाली सुकाउन सडक प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेको हो। वैशाख लागेलगत्तै यहाँका स्थानीयले गहुँ टिपेर चुट्नका लागि सडकको बीचबीचमा राख्दै आएका छन्। सोही ठाउँमा गाडी चलाउन […]

  • १ year अगाडि
लज्जास्पद रिजल्टको जिम्मा शिक्षकले लिनुपर्ने

लज्जास्पद रिजल्टको जिम्मा शिक्षकले लिनुपर्ने

धनगढी  । धनगढी उपमहानगरपालिकामा रहेका १७ विद्यालयको कक्षा ८ को वार्षिक नतिजा लज्जास्पद आएको छ। धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको नतिजाअनुसार सरकारी १७ विद्यालयका कक्षा ८ का विद्यार्थीले कक्षा ९ मा भर्ना हुन नपाउने गरी ‘ननग्रेड’ नतिजा ल्याएका हुन्। सामुदायिक विद्यालयको नतिजा खस्कँदै गइरहेको अवस्थामा १७ वटा विद्यालयका कक्षा ८ का सबै विद्यार्थीले कक्षा ९ पढ्न […]

  • १ year अगाडि