व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सव-२०८०’ चौथो संस्करणको आजदेखि सुरुआत काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सव-२०८०’ चौथो संस्करणको आजदेखि सुरुआत भएको छ । दसैँको पूर्वसन्ध्यामा बनेपा ब्वाइज क्लबद्वारा आयोजित मेला–महोत्सव बनेपास्थित उगे्रश्वर मन्दिर परिसरमा कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ । सम्मेलनमा पर्यटन, कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला […]
विराटनगर : दोहोरो झडप गर्न भनेर हिँडेका १५ जनालाई प्रहरीले विराटनगरबाट घरेलु हतियारसहित शुक्रबार दिउँसो पक्राउ गरेको छ। तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीसहितको समूहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल […]
काठमाडौं–१७ वर्षीया किशोरीलाई बन्धक बनाएर एक सातासम्म जबर्जस्ती करणी गरेर खोटाङबाट भागेका किशोर झापाबाट पक्राउ परेका छन्। झापाको बाह्रदर्शी गाउँपालिका–२ का २० वर्षीय अजय शर्मा खत्वेलाई किशोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा १० १७ असोजसम्म १७ वर्षीया एक किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ। […]
संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् । कार्यसमिति निर्वाचनका लागि शुक्रबार अन्तिम नामावाली सार्वजनिक गरिएको थियो । अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि अधिकारी निर्विरोध चुनिएका हुन् । संगीतकार निवर्तमान सदस्यको तर्फबाट वसन्त सापकोटा र शिरिष देवकोटा पनि सदस्य चयन भएका छन् । त्यस्तै, गीतकार निवर्तमान सदस्यबाट […]
लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे । पत्नी हन्ति स्वभर्तारं भर्ता भार्यां विनाशयेत् ।। अर्थात् लग्न कुण्डलीको १, ४, ७, ८, १२ भावमा मंगल ग्रह बसेको खण्डमा मांगलिक योग निर्माण हुने गर्दछ । यदि कुण्डलीमा मांगलिक योग लिएर जन्मिएको छ भने त्यस्ता व्यक्तिहरूको त्यस्तै मांगलिक नै वर या बधु खोजेर विवाह गर्नुपर्दछ । ज्योतिष […]
काठमाडौं : एसियन गेम्सको पुरुष क्रिकेटतर्फको फाइनलमा भारत र अफगानिस्तान भिड्ने भएको छ। पाकिस्तानलाई चार विकेटले हराएसँगै अफगानिस्तानले फाइनल यात्रा सुनिश्चित गरेको हो। पाकिस्तानले ११५ रनको दिएको लक्ष्य अफगानिस्तानले १३ बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्यो। यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो। आज विहान भएको खेलमा […]
ह्वाट्सएपमा प्रयोगकर्ताको गोपनीयतालाई मध्यनजर गर्दै च्याट लक सुविधा उपलब्ध छ । यो गोप्य फोल्डर निजी च्याटका लागि प्रयोग गर्न सकिन्छ । के तपाईलाई थाहा छ ? च्याट लक हुनुअघि पनि च्याटिङ एप ह्वाट्सएपमा प्राइभेट च्याटका लागि विशेष फोल्डरको सुविधा उपलब्ध थियो । तर हालैह्वाट्सएपमा लक गरिएको च्याट र अर्काइभ गर्न मिल्ने फिचर समेत आएको छ । यी दुवै […]
काठमाडौं– प्रहरीले ललितपुरको देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सहकारी ठगी कसुरमा उनलाई बुधबार पक्राउ गरेको हो। चौलागाईंविरुद्ध साढे ४ करोड ठगीको जाहेरी परेको सीआईबीले जनाएको छ। देउराउलीले बचतकर्ताको करिब ७ अर्ब फिर्ता गर्न सकेको छैन। देउराली बचत तथा ऋण सहकारीको करोडौं रकम हिनामिना प्रकरणमा […]
खुकुरी प्रहारबाट एक प्रहरी जवानसहित ३ जना घाइते दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा खुकुरी प्रहारबाट एक प्रहरी जवानसहित ३ जना घाइते भएका छन् । घरायसी विवाद हुँदा शैलुङ गाउँपालिका–२ पुरानो गाउँका पञ्चबहादुर तामाङले आफ्नै ७५ वर्षीय बुवा रामबहादुर तामाङ र दाइकी बुहारी २७ वर्षीया जेनिशा तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकाे प्रहरीले जनाएकाे छ […]
श्रीलङ्का / श्रीलङ्कामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको मृत्यु भएको कोलम्बो नेसनल अस्पतालले बताएका छन् । प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रलङ्काको देनियायातर्फ जाँदै गरेको बसमाथि रुख खसेको हो । दुर्घटनामा घाइते १७ जनाको कोलम्बो नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनापछि कोलम्बोको व्यस्त सडकमध्येको एक डुप्लिकेसन सडकलाई हाल बन्द […]
काठमाडौं– पछिल्ला समय नेपालको राजपरिवारका सदस्य समाज सेवामा सक्रिय रहेका उदाहरणबीच विभिन्न राजनीतिक र धार्मिक परिदृश्यमा पनि खुल्न थालेका छन्। खासगरी पूर्वराजा ज्ञानेन्द्र शाह यसरी खुलिरहेका छन्। उनले हालै मात्र विश्व रेकर्ड तोडेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका थिए भने भक्तपुरमा भएको विशाल सभामा सहभागीता जनाएका थिए। पछिल्ला दिनमा विभिन्न ठाउँमा भइरहेका धार्मिक परिदृश्यबारे […]
काठमाडौं । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदको रेकर्डबाट राजा शब्द हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले नेपालको संविधानले राजा नचिन्ने बताउँदै राजेन्द्र लिङदेनले राजा शब्द प्रयोग गरेकोले संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् । उनले भने- ‘भर्खरै एकजना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो यो सम्मानित सदनमा […]