गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ उनीहरू दुवै लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी लागु औषध मुद्दामा ६ महिना कारागार बसेका धरान-इटहरी सडक खण्डमा भएको चारवटा लुटपाटका घटनामा संलग्न विराटनगर ।। विराटनगर महानगरपालिका-५ का रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन ५ गते चौधरीको सुनसरीको […]
मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णयमा विवाद सिर्जना धनगढी ।। सुुदूरपश्चिम प्रदेशमा मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि सिर्जना भएको छ । नाउपाको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउन गरेको निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि सिर्जना भएको हो । पार्टी नेतृत्वबाट मन्त्री बनाउने […]
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु केन्द्रीय समिति बैठकले जनतालाई अझ प्रभावकारी बनाउने पार्टी चुनौतीपूर्ण अवस्थामा रहेकोले यसलाई अवसरमा बदल्नुपर्ने काठमाडौं ।। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार दिउँसो बैठक सुरु भएको हो । बैठकको सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले पार्टीजस्तो […]
१६ औं आवधिक योजनाको अवधारणापत्र तयार लक्ष्य हासिल गर्न नसकेको आयोगको विश्लेषण काठमाडौं ।। एक दर्जन रुपान्तरणकारी क्षेत्रहरु पहिचान गर्दैं १६ औं आवधिक योजनाको अवधारणापत्र तयार पारिएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार बसेको आयोगको पूर्ण बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको १६औँ योजनाको अवधारणापत्र पारित गरेको हो […]
विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने मन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाए बस्नेतले पनि आगामी दिनमा थप आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरे काठमाडौं ।। नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग […]
धारिलो हतियार प्रहारबाट बूढानीलकण्ठमा एक महिलाको मृत्यु ३८ वर्षीया अनिता चौधरीको मृत्यु घटनाबारे थप अनुसन्धान हुँदै काठमाडौं ।। धारिलो हतियार प्रहारबाट काठमाडौंमा एक महिलाको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका-४, भसन्थलीमा बस्दै आएकी सप्तरीकी ३८ वर्षीया अनिता चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार बूढानीलकण्ठ-४ मै बस्दै आएका ५२ वर्षीय गौरासिंह बोहराले गएको आइतबार राति […]
सुनसरी इटहरी ।। सुनसरीको इटहरीस्थित ओसियन पार्कमा शनिबार पौडी खेल्दै स्थानीय । गर्मी बढेका बेला बिदाका दिन स्विमिङ पुलमा पौडी खेल्नेको घुइँचो नै लाग्ने गर्दछ । तस्बिर : नवीन गड्तौला, रासस
अनुसन्धान नभए अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउँछ सुन तस्करी प्रकरणमा भरियालाई देखाएर उम्किन नमिल्ने सांसद र मन्त्री तथा कर्मचारीको संख्या घटाउनुपर्ने बुटवल ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा गहिराइ अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको […]
झापा । झापाको काँकडभिट्टा–पानीटंकी नाकामा कडाइ गरेपछि स्थानीय साना व्यापारी आन्दोलनमा उत्रिएका छन्। भारतबाट एक सय रुपैयाँभन्दा बढीको सरसामान नेपाल भित्राए अनिवार्य भन्सार तिर्नुपर्ने नियम कडाइका साथ काँकडभिट्टा नाकामा लागू गरिएपछि त्यसको विरोधमा स्थानीय साना व्यापारी आन्दोलित बनेका हुन्। भन्सार शुल्क नियमनका कारण गरिब तथा विपन्न परिवारको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै स्थानीय व्यापारीहरूले मंगलबार दिउँसो […]
प्रमुख पोखरेललाई हटाएर पाण्डेलाई बनाइयो प्रमुख पोखरेल २ महिनादेखि छुट्टीमा काठमाडौं ।। एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा […]
सामान्य प्रशासन मन्त्रालयद्वारा २६ जना सहसचिवहरुको सरुवा एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित काठमाडौं ।। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरुको सरुवा गरेको छ । एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइताबार मन्त्रालयले २६ जना सहसचिवको सरुवा निकालेको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी […]
नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दियो ११ कम्पनीमध्ये एउटा कम्पनीले भने स्टक डिलरसहितको लाइसेन्स पायो काठमाडौं ।। नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दिएको छ । इजाजत पाएका ११ कम्पनीमध्ये एउटा कम्पनीले भने स्टक डिलरसहितको लाइसेन्स पाएको बोर्डले जनाएको छ । बोर्डकाअनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल […]