sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यसरी हुदैछ गौरीगञ्‍ज र पूर्वी नाका बाट कपाल तस्करी !

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १, २०७९ १४:२४
यसरी हुदैछ गौरीगञ्‍ज र पूर्वी नाका बाट कपाल तस्करी !


खगेन्द्र घिमिरे 
काठमाडौं ।। झापाका बिभिन्न सिमा नाकाबाट नेपाललाइ ट्रान्जिट बनाएर कपाल तस्करी हुने गरेको रहस्य वाहिर आएको छ ।
भारतको तेलाङ्गाना, गुवाहाटी र कोलाकाता हुँदै ल्याएको कपाल पूर्वी नाकाबाट नेपाल ल्याएर चीन पठाउँने गरेको खुलसा भएको हो । झापाको गौरीगन्ज र पूर्वी नाका काँरभिट्टा हुदै यसरी तस्कर हरुले कपाल तस्करी गरिरहेका छन ।
गत साउन २६ सशस्त्र प्रहरीले गौरादह–७ स्थित गुवालडुब्बा बाट ३३ वटा पोकामा मान्छेको कपाल फेला परेको एउटा घटना थियो । सो कपाल राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको थियो । अर्को घटना माघ १९ मा पूर्वबाट पश्चिमतिर जाँदै गरेको एक रात्रि बसभित्र लुकाएको करिब २३ किलो कपाल सशस्त्र प्रहरीले नै बरामद गरेको थियो । झापाको चारआली नजिकको कालीझोडा क्षेत्रमा गरिएको जाँचका क्रममा कपाल फेला पारेको थियो । सो कपाल करिब १ लाख मूल्य कायम गरी मेची भन्सार कार्यालयमा दाखिला गरेको छ । काँकरभिट्टा सशस्त्र प्रहरीले समेत केही किलो कपाल बरामत गरेको छ तर नाका क्षेत्रबाट तस्करीले किन कसरी कपाल तस्कर गरिरहेको छ भन्ने बिषयमा नेपाल प्रहरी भने वेखवर छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजाल सँग बुझदा आफुहरु सँग यस बिषयमा जानकारी नभएको बताए । उनले आफु भखरै आएको हुँदा थप जानकारी लिने बताए । उता सशस्त्र प्रहरी झापाका प्रमुख एसपी देवराज अर्याल सँगले केही दिन अघि कपाल वरामत गरेको बताए । यसको गहिराइ सम्म पुग्ने गरी आफुहरु पनि अनुसन्धान गरिहरेको बताए ।
स्रोतका अनुसार भारतमा कपाल तस्करको गिरोह निक्कै ठुलो रहेको छ । जुन गिरोहले नेपालमा केही ब्यतिm परिचालन गरेको छ । नेपालमा भने पूर्वी नाकामा मेचे थरका तस्कर छन । उता गौरीगन्जमा लिम्बु थरका तस्कर रहेका छन । उनीहरुले नेपाल भित्राउँने बाटो देखि सबै मिलाउँने गरेको समाचार स्रोत बताउँछ । भारतमा प्रतिकिलो ५ डलरदेखि १ सय डलरसम्म मूल्य पर्ने गर्दछ ।
अन्तरदेशीय संगठित आपराधिक गिरोहले पछिल्लो समय नेपाललाई ‘ट्रान्जिट’ बनाएर मानिसका कपाल चीन तस्करी गर्दै आएको छ । खासमा गत वर्षर्को फागुनमा दक्षिण भारतको आन्ध्र प्रदेशबाट पूर्वोत्तर मिजोरम हुँदै म्यान्मारलाई ‘ट्रान्जिट’ बनाएर कपाल तस्करीको खुलासा भारतको राजस्व गुप्तचर निर्देशनालयले गरेको थियो । गुप्तचरको खुलासापछि प्रवर्तन निर्देशनालयले छापा मारी मिजोरम–म्यान्मारको सीमावर्ती सहर चम्पाईबाट करोडौं मूल्यको ६ हजार किलो कपाल बरामद गरिएको थियो । उक्त कपाल आन्ध्र प्रदेशमा संकलन गरी म्यान्मारको बाटो चीन तस्करी गर्न लागिएको थियो । चीनले कपालबाट नक्कली कपाल ‘बिग’ बनाएर विश्वभर बेच्ने गर्दछ । मिजोरम–म्यान्मारको रुटको ‘सेटिङ’ बिग्रिएपछि तस्कर गिरोहले आन्ध्र प्रदेशको तेलाङ्गानाबाट असमको राजधानी गुवाहाटी र पश्चिम बंगाल राजधानी कोलाकाता हुँदै कपाल पूर्वी नाकाबाट नेपाल तस्करी गर्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन ।

 

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १, २०७९ १४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid