sweet bonanza
February 6, 2026 | शुक्रबार, माघ २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यो वर्षकै अधिक गर्मी

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० ११:५0
यो वर्षकै अधिक गर्मी

काठमाडौं ।।

काठमाडौंमा हिजो (शनिबार) यो वर्षकै उच्च तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो काठमाडौंको अधिकतम तापक्रम ३३.३ डिग्री सेल्सियस मापन गरिएको थियो । काठमाडौंमा यो यस वर्षकै उच्च तापक्रम भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

“हामीले बेलुका ५.४५ मा अधिकतम तापक्रम मापन गर्छौँ ।  हिजोको अधिकतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च हो,” उनले भने । महाशाखाका अनुसार काठमाडौंको अहिलेसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ भएको छैन ।

हाल देशमा पश्चिमी वायुसँगै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको उनले बताए । केही दिनमै मनुसन भित्रिने मौसमविद् लामिछानेका अनुसार नेपालमा अब केही दिनमै मनसुन भित्रिने सम्भावना छ । पूर्वी क्षेत्रमा मनसुनका लागि अनुकूल वातावरण बन्दै गरेको उनले बताए ।

“पूर्वतिर मनसुनका लागि अनुकूल वातावरण बन्दै छ । त्यसले गर्दा त्यहाँ तापक्रम घट्ने देखिन्छ,” उनले भने, “यही दिनभन्दा पनि केही दिनमै मनसुन भित्रिने सम्भावना छ ।” हरेक वर्ष नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो । “यो वर्ष जुन १३ भन्दा अघि त मनसुन भित्रिने देखिँदैन, अहिलेको अवस्थामा त्यसकै केही दिन नजिक मनसुन भित्रिने सम्भावना छ,” उनले भने ।

नेपालमा हरेक वर्ष पूर्वी भेग हुँदै मनसुन भित्रिने गर्छ । क्रमशः पश्चिमी क्षेत्रमा पुग्ने र देशभर मनसुनको प्रभाव रहँदै फेरि फर्किएर पूर्वी भेगबाटै बाहिरिने गरेको महाशाखाले जनाएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid