sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

महानगरका उपाध्यक्षले छुट्टी माग्दा बालेनले राजिनामा नै मागे

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १३:0५
महानगरका उपाध्यक्षले छुट्टी माग्दा बालेनले राजिनामा नै मागे
  • सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले राजीनामा दिए
  • खड्काले पारिवारिक कामका कारण लामो छुट्टी मागेका थिए
  • लामो छुट्टीमा बस्नुभन्दा राजीनामा नै दिन बालेनले दबाब दिए

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले राजीनामा दिएका छन् । खड्काले पारिवारिक कामले लामो छुट्टी मागेका थिए । तर, मेयर बालेन शाहले लामो छुट्टीमा बस्नुभन्दा राजीनामा नै दिन दबाब दिएपछि राजीनामा बुझाएका हुन् ।

योजनाको काममा लाग्नुपर्ने बेला उपाध्यक्षले लामो विदा मागेपछि उनीसँग राजीनामा माग गरिएको बालेनका स्वकीय सचिव भूपदेव शाहले बताए । ‘आर्थिक वर्ष सुरु भएको केही दिनमात्रै भएको छ, योजनासम्बन्धी धेरै काम गर्ने बेला उहाँले लामो समय विदा मागेपछि, राजीनामा कै कुरा भएको हो’, शाहले भने ।

खड्कालाई २६ पुसमा काठमाडौं महानगरपालिकाले योजना आयोगको उपाध्यक्षमा नियक्त गरेको थियो । उनले ७ महिनामै राजीनामा दिएर बाहिरिएका छन् ।

परिवारिक कामका कारण आफूले समय दिन नसकेपछि राजीनामा दिएको खड्काले बताए । ‘मेयरसँग असझदारी भएर वा अन्य कारणले राजीनामा दिएको होइन,’ खड्काले भने । खड्काकै योजनामा महानगरपालिकाले चालु आवमा महानगर गौरवको योजना, स्वर्णिम योजना ल्याएको थियो ।

राजभण्डारीलाई उपाध्यक्ष बनाइँदै

बालेनका स्वकीय शाहका अनुसार बिहीबार बस्ने कार्यपालिका बैठकले डा. सुमननरिसंह राजभण्डारीलाई नयाँ उपाध्यक्षमा नियुक्ति गर्दैछ । राजभण्डारी बालेनसँग निकट स्ट्रक्चरल इन्जिनियर हुन् । इन्जिनियरिङमै विद्यावारिधि गरेका राजभण्डारीलाई मेयर हुनुअघि बालेनले इन्जिनियरिङको काममा सहयोग गर्दै आएका थिए । अध्ययन तथा काममा राजभण्डारीले बालेनलाई गुरुले जसरी नै सिकाउने गरेको उनी निकट स्रोतले बतायो ।
मेयर बालेनका भौतिक पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि राजभण्डारीनिकट हुन् । सन् २०१९ मा लम्सालले डिबी मल्टी इन्जियिरिङ कन्सल्टमा राजभण्डारीसँगै काम गरेका थिए । सोही बेला कम्पनीले लिभरपुल कलेज, दमक कम्प्लेक्स, पाँचखाल तरकारी बजारलगायतको डिजाइन गरेको थियो ।

राजभण्डारीको नियुक्तिमा स्वार्थको द्वन्द्व नहुने बालेनका भौतिक पूर्वाधार सल्लाहकार लम्साल भने बताउँछन् । ‘नेपालमा स्ट्रक्चरल इन्जिनियर थोरै नै छन्, उहाँहरुलाई चिन्नु सामान्य नै हो । काठमाडौं महानगरले विभिन्न आयोजनामा काम गरेका विज्ञलाई नियुक्त गर्नु नौलो कुरा होइन’, लम्सालले भने । मेयर बालेनसँग चिनजान भए पनि उनीहरुले कहिल्यै सँगै काम नगरेको उनले बताए ।

चालु आर्थिक वर्षमा सहरी योजना आयोगमा महानगरले ४ करोड ९० लाख रुपैयाँ बजेट रहेको विनियोजन गरेको छ । मेयर भएपछि बालेनले आयोगलाई थप बलियो बनाउँदै गएका छन् ।

योजना आयोगका उपाध्यक्षले मेयर र कार्यपालिका मार्फत बजेटमा योजनाहरुको छनोट लगायतको काम गर्छ । महानगरको सहरी योजना आयोगको उपाध्यक्ष हुन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेर सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेर विशिष्टता हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोग उपाध्यक्षले नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणीको कर्मचारीले पाए सरह सेवा सुविधा पाउँछन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid