sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १६:५९
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात

दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात


काठमाडौँ, ७ असोज :
चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल रू दुई खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा रू दुई खर्ब ३३ अर्ब ३० करोड बराबर घाटा व्यहोरेको छ ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात पाँच दशमलव ६ प्रतिशत र निर्यात सात दशमलव ७९ प्रतिशतले घटेको छ । यो अवधिमा समग्र वैदेशिक व्यापारमा पाँच दशमलव ३२ प्रतिशतको गिरावट देखिएको हो ।

गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र रू एक खर्ब ६० अर्ब ७५ करोड बराबरको वस्तु आयात हुँदा रू १६ अर्ब ७३ करोड बराबरको निर्यात भएको छ । अर्थात् नेपालले यो अवधिमा भारतसँग मात्र रू एक खर्ब ४४ अर्बको व्यापार घाटा व्यहोरको छ ।

त्यस्तै, चीनबाट रू ४६ अर्ब ५४ करोड ३२ लाख बराबरको वस्तु आयात हुँदा रू ५४ करोड ३३ लाख बराबरको मात्रै निर्यात भएको छ ।

गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब रू ४६ अर्ब बराबर हो ।नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ । साउन र भदौमा अमेरिकाबाट रू दुई अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा रू तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको देखिन्छ । अमेरिकासँगको व्यापार नाफा रू एक अर्ब १४ करोड बराबर हो ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid