sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

निश्चलले गरे ‘लुट ३’ बन्ने संकेत

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १४:१२
निश्चलले गरे ‘लुट ३’ बन्ने संकेत

संकटको अवस्थामा रहेको नेपाली फिल्म क्षेत्रलाई वैतरणी तारेको फिल्म हो, ‘लुट’ । यो फिल्मले घरेलू बजारको आकार र आयतन मात्र बढाएन, बलिउड फर्मुलाबाट ग्रस्त रहेको नेपाली फिल्मको कथावाचन शैलीमै नयाँ ट्रेन्ड सुरु गरिदियो । हिरोको परम्परागत मानक भत्किएर अभिनयमा दख्खल कलाकारहरु स्थापित हुन थाले । एक हिसाबले ‘लुट’ले नेपाली फिल्ममा नयाँ युग सुरु गर्‍यो ।

२०७३ सालमा यसको दोस्रो सिक्वेल बन्यो । तर, ‘लुट’को साख नै जोगाउन सकेन । फिल्म सफल भए पनि निर्देशक निश्चल बस्नेतले फर्मुलामा जोड दिँदा सशक्त रुपमा कथा भन्न सकेनन् । त्यसो त उनले ‘लुट २’मा आफू चुकेको कुरा स्वीकार गरिसकेका छन् । यसपछि ७ वर्ष विश्राम लिएका उनले कात्तिक २४ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘दिमाग खराब’बाट पुनरागमन गरेका छन् ।

अब उनले ‘लुट ३’ बन्ने प्रष्ट संकेत गरेका छन् । फिल्मको कथालाई एउटा विन्दूमा पुर्‍याउने उनको योजना छ । तर, यसका लागि उनी हतार गर्ने पक्षमा छैनन् । समय लिएरै फिल्म बनाउने उनको सोच छ । यद्यपि, तेस्रो सिक्वेलका लागि दिमागमा केही चिज भने फुरिसकेको र अब त्यसलाई अघि बढाउने उनले बताएका छन् । पैसा कमाइन्छ भनेर चाहिँ सिक्वेल नबनाउने निश्चलको कथन छ ।

एक पोडकास्टमा उनले भनेका छन्, ‘मलाई ‘लुट ३’ बनाउनु चाहिँ छ । तर, अलि समय लिएरै गर्छु । एक-दुईटा कारण छ, जसले गर्दा मलाई सिक्वेल मात्र गरेर बस्न मन छैन । त्यो बनाएँ भने पैसा कमाइन्छ भन्ने सोचले बनाए आलु हुन्छ । पैसा मात्र कमाइन्छ भन्ने सोच भयो भने त जतिबेला बनाए पनि हुन्छ नि ।’ दिमागमा फुरेको कथा स्क्रिप्टमा आउँदा चित्त बुझे मात्र ‘लुट ३’ बन्ने उनले बताए ।

‘त्यो कथालाई यहाँ पुर्‍याउने मन छ भन्ने चाहिँ लागिरहेकै छ । त्यसका लागि एउटा सानो चिज २/४ दिनअघि दिमागमा फुरेको छ । हेरौं त्यसलाई कसरी अगाडि लैजान सकिन्छ । चित्त बुझ्दो चिज नै अघि बढ्छ कि यो यति नै रैछ भनेर थन्काइन्छ थाहा छैन,’ उनले भने । उनी ‘दिमाग खराब’प्रति आत्मविश्वासी पनि देखिएका छन् । अबदेखि उनी एक वर्षमा एउटा फिल्म बनाउने योजनामा छन् ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid