sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्रीद्वारा ‘एमबीएस’ एक्स्पो’ उद्घाटन

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १२:0६
प्रधानमन्त्रीद्वारा ‘एमबीएस’ एक्स्पो’ उद्घाटन
  • मोरङ व्यापार संघले २०२३’ को स्थानीय कर नतिरेको पाइयो 
  • मंसिर २८ गते नै मोरङ व्यापार संघलाई लिखित पत्राचार गरियो 
  • मोरङ व्यापार संघ एक्स्पो–२०२३ पुस १६ गतेसम्म सञ्चालन हुने

 विराटनगर ।।

मोरङ व्यापार संघले आयोजना गर्ने ‘मोरङ व्यापार संघ एक्स्पो (एमबीएस एक्स्पो) २०२३’ को स्थानीय कर नतिरेको पाइएको छ । एक्स्पोको उद्घाटन आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् । एक्स्पो आयोजक समितिले स्थानीय सरकारलाई तिर्नुपर्ने मनोरञ्जन कर अहिलेसम्म तिरेको छैन । कोशी प्रदेश आर्थिक ऐन २०८० अनुसार महानगरपालिकामा महोत्सव आयोजना गर्दा प्रतिदिन पाँच हजार मनोरञ्जन कर अग्रिम बुझाउनु पर्छ । पुस ६ गतेदेखि १० गतेसम्म आयोजना हुने एक्स्पोको मनोरञ्जन कर तिर्न विराटनगर महानगरपालिकाले गत मंसिर २८ गते नै मोरङ व्यापार संघलाई लिखित पत्राचार गरेको थियो ।

त्यसपछि पटक पटक आग्रह गर्दा पनि मनोरञ्जन कर आयोजकले नतिरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतमका अनुसार मेला महोत्सव आयोजना गर्दा मनोरञ्जन कर दैनिक पाँच हजार, प्रवेश टिकटको प्रति टिकट पाँच प्रतिशत र महोत्सव भित्र सञ्चालन हुने विभिन्न मनोरञ्जन कियाकलापमा विक्री हुने प्रति टिकट पाँच प्रतिशत कर तिर्नुपर्छ । एक्स्पोमा स्टल भाडामा लगाउँदा १० प्रतिशत बहाल कर पनि महानगरपालिकालाई बुझाउनुपर्छ ।

एक्स्पो आयोजकलाई पटक पटक आग्रह गर्दा पनि अग्रिम मनोरञ्जनकर दाखिला नगरेको उनले जानकारी दिए । एक्स्पो आयोजक समिति संयोजक अनिलकुमार शाहले कर तिर्ने बताए । मनोरञ्जन करको विषयमा भने उनले जतिको बिल बनाउँछन् त्यती नै तिरिदिने बताए । ‘जतिको बिल बनाउँछ भन्नुहोस् न उसलाई(महानगरपालिका), कतिको बनाउँछन् तिर्दिन्छौं,’ उनले भने, ‘उनले भने जतिको बिल बनाएर दियो त्यती तिर्न तयार छौं ।’

विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा आजदेखि सुरु हुने मोरङ व्यापार संघ एक्स्पो–२०२३ पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनीका लागि २४० वटा स्टल राखिएका छन् । एक्स्पो आयोजना गर्दा करिब ४ करोड खर्च हुने बताएको आयोजक समितिले एक्स्पोमा १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने बताएको छ । एक्स्पोमा स्वदेशी औद्योगिक र कृषि उत्पादनसहित भारत, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शनी हुनेछ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १२:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid