sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्ने

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० १0:३६
यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्ने

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको आफ्नो दोस्रो खेलमा आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । बफेलो पार्क इस्ट लन्डनमा खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।

सुपर सिक्समा स्थान सुरक्षित गर्न नेपाललाई आजको खेलमा जित आवश्यक छ । देव खनालको कप्तानीमा रहेको नेपाल आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ पराजित भएको थियो । अर्जुन कुमान बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको थियो ।

आज पाकिस्तानसँग पराजित भए नेपालले शुक्रबार अफगानिस्तानलाई हराएर मात्रै पुग्ने छैन । अन्य टोली र नतिजामा पनि भर पर्नुपर्ने छ । पाकिस्तानलाई पराजित गर्न नेपाली टिमलाई ब्याटिङ र बलिङ दुवैमा सुधारिएको प्रदर्शन आवश्यक हुनेछ ।

यस्तै साद बैगको कप्तानीमा रहेको पाकिस्तान नेपाललाई पराजित गर्दै सुपर सिक्समा स्थान सुरक्षित गर्न चाहन्छ । पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानविरुद्ध १ सय ८१ रनको फराकिलो जित दर्ता गरेको थियो ।

यस जितले पाकिस्तान २ अंकसहित समूह डी को दोस्रो स्थानमा छ । अंकविहीन नेपाल तेस्रो स्थानमा छ ।

यू-१९ विश्वकपमा नेपाल र पाकिस्तान तीन पटक एक अर्का विरुद्ध मैदान उत्रिएका छन् । जहाँ दुवै देशले १-१ खेल जित्दा एक खेल वर्षाका कारण रद्द भएको थियो । समग्रमा दुई देशका युवा टोली ६ पटक आमने सामने भएका छन् । जसमा नेपाल १ र पाकिस्तान ४ खेलमा विजयी भएको छ ।

विश्वकप अन्तर्गत नै आज श्रीलंका र नामिबिया तथा स्कटल्यान्ड र वेस्टइन्डिज पनि प्रतिस्पर्धा गर्ने छन् ।

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid