sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १८, २०८१ १६:३५
टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

काठमाडौँ । यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारती क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार रोहित शर्माको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो ।

टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । प्रभावशाली खेलाडी विराट कोहलीलाई पनि विश्वकप टोलीमा समावेश गरिएको छ । यसअघि कोहलीको विषयमा बीसीसीआई अन्यौलमा थियो ।

भारतीय टोलीमा यशस्वी जैसवाल, सूर्यकुमार यादब, ऋषभ पन्त र सन्जु सामसनले पनि स्थान पाएका छन् । सन्जु सामसन र ऋषभ पन्तले जारी इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका कारण विश्वकप टोलीमा स्थान पाएका हुन् ।

विश्वकपका लागि घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादब, ऋषभ पन्त, सन्जु सामसन, हार्दिक पाण्ड्या, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादब, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् ।

टोलीमा शुभमन गिल, रिंकु सिंह, खलिल अहमद र आवेश खानलाई रिजर्व खेलाडीका रुपमा स्थान दिइएको छ । आगामी विश्वकपमा भारत समूह ‘ए’ मा परेको छ । उक्त समूहमा पाकिस्तान, क्यानडा, आयरल्यान्ड र आयोजक अमेरिका रहेको छ । भारतले पहिलो खेल जुन ५ तारिखमा आयरल्यान्डसँग खेल्ने छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १८, २०८१ १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid