May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

उखु जस्तै पेलिए किसान !

  • साझा परिवेश
  • सोमवार, मंसिर २९, २०७७ 0७:५५
उखु जस्तै पेलिए किसान !

काठमाडौं , मंसिर २९ :उखु क्रसिङ गर्ने सिजन सुरु भयो। किसान उखु लिएर मिलमा जानुपर्ने बेला विगतको बक्यौता रकम पाउनुपर्ने माग गर्दै राजधानी आएका छन्। पोहोर काठमाडौं आएर आन्दोलन गरेपछि बक्यौता रकम पाउने आश्वासन पाएर घर फर्केका किसानले एक वर्षसम्म पनि रकम नपाएपछि फेरि आइतबारदेखि माइतीघरमा आन्दोलन सुरु गरेका छन्।

उखु उद्योगीबाट सधैं पेलिएको किसानको गुनासो छ। करिब साढे तीन लाख रुपैयाँ बक्यौता रकम नपाएपछि आन्दोलन गर्न काठमाडौं आएको सर्लाहीका किसान रामबाबु मण्डलले बताए। ‘२०७१ सालदेखिको रकम खप्टिँदै आएको छ,’ माइतीघरमा भेटिएका मण्डलले भने, ‘चिनी उद्योगले भुक्तानी दिन आलटाल गर्दै आएका छन्।’ मण्डलले महालक्ष्मी सुगर मिलबाट भुक्तानी लिन बाँकी छ। उखु जस्तै आँफूहरु पेलिएको किसानको दुखेसो छ।

किसानले उत्पादन गरेको उखुबाट चिनी बनाएर उद्योगी मोटाए पनि उखु किसानले उखुजस्तै पेलिएको महसुस गर्दै आएका छन्। वर्षौंदेखि उखु बिक्री गरेबापतको रकम भुक्तानी नपाएपछि किसानले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हुन्। किसान मार्न पाइँदैन, सरकार किसानलाई बाँच्ने अधिकार देऊ, हाम्रो मेहनतको फल नखोस, आफ्नो पसिनाको फल नखोस जस्ता नारा लेखिएका प्ले कार्ड लिएर करिब एक सय किसान प्रदर्शनमा उत्रिएका थिए। विभिन्न जिल्लाबाट आएर दिउँसो माइतीघरमा प्रदर्शन गरेका किसान बेलुका गौशालास्थित धर्मशालामा बसेका छन्।

मुलुकभर १४ चिनी उद्योग छन्। तीमध्ये ६ उद्योगले किसानलाई ८९ करोड ४० लाख रुपैयाँभन्दा धेरै रकम तिर्न बाँकी छ। चारवटा उद्योग बन्द भइसकेका छन्। रौतहटमा रहेको श्रीराम सुगर मिलको ३५ करोड, सर्लाहीको अन्नपूर्ण सुगर मिलको ३० करोड, महालक्ष्मी सुगर मिलको ६ करोड, नवलपरासीको लुम्बिनी चिनी मिलको १० करोड, इन्दिरा सुगर मिल नवलपरासीको आठ करोड र बागमती खाँडसरी चिनी मिलको ४० लाख रुपैयाँ बक्यौता बाँकी रहेको किसानले बताएका छन्।

अन्नपूर्ण चिनी उद्योग सर्लाही, श्रीराम सुगर मिल रौतहट, लुम्बिनी चिनी कारखाना नवलपरासी र इन्दिरा चिनी मिल नवलपरासी बन्द भएका छन्। सर्लाहीका किसानको मात्र ३६ करोड रुपैयाँ बक्यौता छ। अन्नपूर्ण सुगर मिलले ३० करोड र महालक्ष्मी सुगर मिलले ६ करोड रुपैयाँ रकम तिर्न बाँकी रहेको सर्लाहीका उखु किसान राकेश मिश्रले बताए। रकम भुक्तानीको माग गर्दै करिब दुई सय किसान राजधानी आएको मिश्रले बताए। यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

  • साझा परिवेश
  • सोमवार, मंसिर २९, २०७७ 0७:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।