April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

प्रधानमन्त्री प्रचण्ड भेट्न रवि बालुवाटारमा

  • साझा परिवेश
  • मङ्लबार, माघ १७, २०७९ ११:0१
प्रधानमन्त्री प्रचण्ड भेट्न रवि बालुवाटारमा

काठमाडौं। सर्वोच्च अदालतले नागरिकता खारेज गरेपछि गृहमन्त्री र संसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। अहिले प्रधानमन्त्री प्रचण्ड र रविबीच छलफल भइरहेको छ।

सर्वोच्चले नागरिकता खारेज गरेपछि आइतबार रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ नागरिकता लिइसकेका छन्। रविले गृहमन्त्रालयमा आफ्नो दाबी दोहोर्‍याउँदै आएका छन्। तर प्रधानमन्त्री प्रचण्डले भने अब गृह मन्त्रालय आफैंसँग राख्ने अडान लिइरहेका छन्।

पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ मा सपथ लिएकै दिन रविलाई उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी दिएका थिए। तर सर्वोच्चले नागरिकता खारेज गरेपछि गृहमन्त्रालय गुमाएका रविलाई अहिले गृहमन्त्रालय दिन प्रचण्ड तयार छैनन्।

रास्वपाले भने आफूहरुले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ। प्रधानमन्त्रीसँगको भेटमा पनि रविले गृहमन्त्रालयमा आफ्नो दाबी यथावत रहेको जानकारी गराएका छन्।

  • साझा परिवेश
  • मङ्लबार, माघ १७, २०७९ ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।