May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ९, २०७९ १४:३९
मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु

गनेश कुमार यादव
इनरुवा ः सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं–११ मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
हाम्रो एकता युवा क्लबको आयोजनामा बराहक्षेत्र नगरपालिका वडा नं–११ स्थित रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा उक्त प्रतियोगिता शनिबारदेखि शुरुभएको हो ।
सुनसरी निर्वाचन क्षेत्र नं–४(क) का प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द मण्डलले उक्त प्रतियोगिताको व्यानर पढेर उद्घाटन गर्नुभएको हो ।


उक्त नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाञ्चायन फुटबल क्लब रामधुनि विजयी भएको हाम्रो एकता युवा क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीले जानकारी दिनुभयो ।उक्त नकआउट फुटबल प्रतियोगितामा ब्रर्दश एफसी उदयपुरलाई शून्यको विरुद्ध पाँच गोलको अन्तरले पराजित गर्दै पाञ्चायन सेमिफाइनलमा प्रवेश गरेको अन्सारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा पाञ्चायनले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेको थियो । जर्सी नं.११ का पुष्कर माझिले पहिलो गोल गरेका थिए ।
एकतर्फी बनेको खेलको १५ औँ मिनेटमा जर्सी नं. १८ का पूजन चौधरीले गोल गरेका थिए । खेलको १७ औँ मिनेटमा जर्सी नं. २३ का सन्दीप लिम्बू, खेलको १९ औँ मिनेटमा जर्सी नं. १८ का पूजन चौधरी र दोस्रो हाफको २८ औँ मिनेटमा जर्सी नं २ विजय राईले गोल गर्दै पाञ्चायनले खेलमा सहज जित निकालेको थियो ।

उक्त प्रतियोगिता अन्तर्गत आइतबार आदर्श फुटबल क्लब रामधुनी र आयोजक हाम्रो एकता फुटबल क्लब मधुनव क्लबबिच खेल हुने अन्सारीले जानकारी दिनुभयो ।
उक्त प्रतियोगिताको एम्पाएर यशराज राई, अजित अधिकारी , मीन थापा, राजेश राई रहेका थिए ।
उक्त प्रतियोगितामा प्रमुख अतिथि सुनसरी निर्वाचन क्षेत्र नं–४(क) का प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द मण्डल,विशिष्ट अतिथि बराहक्षेत्र नगरपालिका वडा नं–११ का वडा अध्यक्ष कृष्ण कुमार मेहता, रामजी उराँव , विवि जुलेसा खातुन, महेन्द्र मेहता, तुलशा धमला लगायतको आतिथ्यता रहेको थियो भने उत्साह जनक खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो । हाम्रो एकता युवा क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीको अध्यक्षतामा उक्त प्रतियोगिता संचालन भएको थियो ।

 

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ९, २०७९ १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।