May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ

अग्रता जोगाउन नसक्दा बायर्न पराजित, शीर्ष स्थानमा फर्कने मौका गुमायो

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १0:0५
अग्रता जोगाउन नसक्दा बायर्न पराजित, शीर्ष स्थानमा फर्कने मौका गुमायो

काठमाडौं । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख अग्रता जोगाउन नसक्दा बायर लेभरकुजनसँग पराजित भएको छ।

आइतबार राति भएको खेलमा इजेक्वेल पलासियोसले दुई पेनाल्टी गोल गरेपछि लेभरकुजनले एक गोलले पछि परेको स्थिति उल्टाएर बायर्नलाई २(१ ले पराजित गरेको हो ।

हारपछि बायर्नले शीर्ष स्थानमा फर्कने अवसरसमेत गुमाएको हो ।यसको अर्थ बोरुसिया डर्टमण्ड शीर्ष स्थाना कायम छ । डर्टमण्डले शनिबार कोल्नलाई ६(१ ले हराएर शीर्ष स्थानमा उक्लेको थियो ।

बायर्न हारेपछि डर्टमण्डले यो साता शीर्ष स्थानमै रहेर अन्त्य गर्नेछ ।२५ खेलपछि डर्टमण्डको ५३ अंक छ भने बायर्नको ५२ अंक छ ।

खेलको २२औं मिनेटमा जोसुअ किमिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, ५५औं मिनेटमा लेभरकुजनका पलासियोसले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १(१ गोलको बराबरीमा ल्याए ।

७३औं मिनेटमा पलासियोसले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गर्दै बायर लेभरकुजनलाई २(१ को जित दिलाए ।

जितपछि लेभरकुजन २५ खेलबाट ३७ अंक जोडेर आठौं स्थानमा छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १0:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।