April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

प्रतितोला ७ सय घट्यो सुनको भाउ

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १३:२२
प्रतितोला ७ सय घट्यो सुनको भाउ

काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा ७ सय घटेको छ । यस दिन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो ।

आइतबार एकै दिन प्रतितोला २ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको थियो । अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा सुनचाँदीको भाउ दैनिक समायोजन हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार अमेरिकाका दुई बैंक बन्द भएयता सुनमा लगानीकर्ताको विश्वास बढ्न गई माग बढेकाले मूल्य बढ्दै गएको हो ।

स्वीटजरल्याण्डको अर्को बैंकमा पनि समस्या देखिएपछि सुनको मूल्य अझ उकालो लाग्न पुग्यो । विश्वका प्रमुख स्टक मार्केट पनि ओरालो लागेका छन्, आर्थिक मन्दी छाउने विभिन्न रिपोर्टहरुले बताइरहेका छन् यसले गर्दा सुनप्रति लगानी बढ्दा मूल्य पनि उच्च भएको होु उनले भने ।

 

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट