sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विराटनगर भन्सार : ३१८ मेट्रिक टन भित्रियो साल धूप, गोकुल धूप र लाहा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ ११:४0
विराटनगर भन्सार : ३१८ मेट्रिक टन भित्रियो साल धूप, गोकुल धूप र लाहा

विराटनगर । भन्सार कार्यालय विराटनगरबाट फागुनमा साल धूप, गोकुल धूप र लाहा चपडा मात्रै ३१८ मेट्रिक टन भित्रिएको छ ।
चालु आर्थिक वर्षको फागुन महिनासम्मको राजस्व संकलन वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशतमात्रै प्रगति गरेको भन्सार कार्यालयबाट धूप आयात भने उल्लेख्य भएको हो ।

फागुनसम्म धेरै आयात हुने २० वस्तुमध्ये साल धूप, गोकुल धूप र लाहा चपडाको पनि सूचि रहेको छ । यी तीन वस्तु १ करोड ८८ लाख ५२ हजार रुपैयाँ बराबरको आयात भएको हो ।

गत आर्थिक वर्षमा ९४ लाख रुपैयाँ बराबरको ३० मेट्रिक टन मात्रै यी वस्तु भित्रिएको थियो । फागुन महिनामा मात्रै उक्त वस्तु ४२ लाख ८ हजार रुपैयाँ बराबरको १ लाख ८ हजार किलो नेपाल भित्रिएको छ । जसबाट १० लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गोकुल धूप पूजा पाठमा धूप बाल्न प्रयोग गरिन्छ भने सालधूप जडीबुटीको रुपमा प्रयोग गरिन्छ । लाहा भने विभिन्न धातु तथा काठजन्य वस्तुलाई टाँस्न प्रयोग गरिन्छ ।

भन्सार कार्यालयले फागुन महिनामा ३ अर्ब ६ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो महिनामा सो कार्यालयलाई ५ अर्ब ३७ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो । कार्यालयले लक्ष्यको ५७।०७ प्रतिशत प्रगति गरेको हो ।
चालु आर्थिक वर्षमा भने वार्षिक राजस्व असुलीको लक्ष्य ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राखिएको छ । तर, फागुन महिनासम्मको राजस्व संकलनमा विराटनगर भन्सार कार्यालयले जम्मा वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशत मात्रै असुली गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid