May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

१६ औं ओभरमा चौथो विकेट, कप्तान रोहित आउट

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:१३
१६ औं ओभरमा चौथो विकेट, कप्तान रोहित आउट

काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’मा बिहीबार कतारविरुद्ध टस हारेर ब्याटिङ थालेको नेपालले १६ औं ओभरमा चौथो विकेट गुमाएको छ। चौथो नम्बरमा क्रिजमा उत्रिएका कप्तान रोहित पौडेल ३७ बलमा २७ रन जोडेर पभिलियन फर्केका छन्।

त्रिवि क्रिकेट मैदानमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टिम क्रिजमा उत्रिएको थियो। दोस्रो ओभरमा ओपनर कुशल भुर्तेललाई दुई रनमा गुमाएको चौथो ओभरमा दोस्रो विकेट गुमाएको थियो।

वान् डाउनमा क्रिजमा उत्रिएका भीम सार्की ६ रन जोडेर पभिलियन फर्किएका छन्। यस्तै, अर्का ओपनर आसिफ शेख २७ बलमा १९ रन जोडेर आउट भएका थिए।

अहिले क्रिजमा रहेका सोमपाल कामी २ रन बनाएर खेलिरहेका छन्। यस्तै, रोहितको विकेट पतनपछि कुशल मल्ल क्रिजमा उत्रिएका छन्।

कतारका लागि गयान मुनाविराले दुई तथा इक्रामुल्लाह खान र आवाइस अहमदले एक–एक विकेट लिएका छन्। नेपालले १५.४ ओभरको खेल सकिँदा चार विकेट गुमाएर ६३ रन बनाएर खेलिरहेको छ।

नेपाल सुरुआती चारमध्ये तीन खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ। आजको खेलमा विजयी भए नेपाल समूह विजेता पनि बन्ने छ। सेमिफाइनलमा समूह एको विजेताले समूह बीको उपविजेता सँग खेल्ने छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट