May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित तत्कालीन २ मन्त्री र २ सचिव विरुद्ध मुद्दा दायर गर्ने तयारी : टेरामक्समा झन्डै ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १५:0४
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित तत्कालीन २ मन्त्री र २ सचिव विरुद्ध मुद्दा दायर गर्ने तयारी : टेरामक्समा झन्डै ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष
  • प्रविधि ल्याउन उपयुक्त छ कि छैन भन्ने  कुनै अध्ययन नगरी कमिसनकै लागि डेढ अर्ब रुपैयाँमा खरिद गरिएको
  •  सबैभन्दा कम रकम प्रस्ताव गर्नेलाई छनोट नगरी बढी रकम प्रस्ताव गर्नेलाई छनोट
  • दोस्रो चरणमा प्रविधि खरिदका लागि एलसी खोल्ने, नपुग रकम माग र स्वीकृत गर्ने र खरिदको नीतिगत निर्णय तत्कालीन सञ्चारमन्त्री ज्ञानेद्रबहादुर कार्कीको पालामा भएको

 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्षसहित तत्कालीन २ मन्त्री,सचिवसहित उच्चपदस्थ कर्मचारी तथा पदाधिकारीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ ।

तत्कालीन सञ्चारमन्त्रीसमेत रहेका बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन सञ्चारमन्त्री एवम् वहालवाला सांसद ज्ञानेन्द्रबहादुर कार्कीसहित तत्कालीन दुई मन्त्रीलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्ने तयारी भएको हो ।हालका  मुख्यसचिव बैकुण्ठ अर्याललाई पनि तत्कालीन सञ्चार सचिवको हैसियतमा मुद्दा चलाउन लागिएको स्रोतले दाबी गर्‍यो ।

त्यसैगरी तत्कालीन सञ्चार सचिव तथा हाल सूचना आयोगका प्रमुख आयुक्त रहेका महेन्द्रबहादुर गुरुङ, नेपाल दूर सञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र बहालवाला अध्यक्ष पुरुषोत्तम खनाललाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गर्ने तयारी भएको स्रोतले  बतायो ।

बस्नेतकै पालामा भएको नीतिगत निर्णयानुसार डेढ अर्ब रुपैयाँको प्रविधि खरिद गरिएको थियो । उक्त प्रविधि ल्याउन उपयुक्त छ कि छैन भन्ने कुराको कुनै अध्ययन नगरी कमिसन खानकै लागि पहिलो चरणमा डेढ अर्ब रुपैयाँमा खरिद गरिएको उच्च स्रोतले बतायो ।

नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्समा झन्डै ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको अख्तियारको उच्च स्रोतले जानकारी दियो ।

टेरामक्स प्रविधि खरिद गर्ने नीतिगत निर्णय गर्दा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र प्राधिकरणमा अध्यक्ष दिगम्बर झा थिए । त्यसबीचमा सञ्चार सचिवको जिम्मेवारी  महेन्द्रबहादुर गुरुङले सम्हालेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७४ साल साउन ११ गते बस्नेत सञ्चारमन्त्री नियुक्त भएका थिए ।

दोस्रो चरणमा प्रविधि खरिदका लागि एलसी खोल्ने, नपुग रकम माग र स्वीकृत गर्ने र खरिदको नीतिगत निर्णय तत्कालीन सञ्चारमन्त्री ज्ञानेद्रबहादुर कार्कीको पालामा भएको थियो । देउवा नै प्रधानमन्त्री रहेको समयमा २०७८ असोज २२ गते ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार मन्त्रालयको जिम्मेबारी सम्हालेका थिए । ज्ञानेन्द्र बहादुर कार्की हाल सुनसरी क्षेत्र न ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

उक्त निर्णय गर्ने बेलामा सचिव बैकुण्ठ अर्याल थिए भने प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनाल रहेका थिए । त्यतिबेला दोस्रो चरणको प्रविधि खरिद गर्ने नीतिगत निर्णय भएर टेन्डर खोलिएको हुनाले उनीहरूविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी भएको हो ।

त्यसबाहेक दोस्रो चरणमा डेढ अर्बको ठेक्का आह्वान गर्दा आन्य कुनै कम्पनीले प्रतिस्पर्धा नै गर्न नपाउने तथा लेबनानको भेनराइजले नै ठेक्का पाउने गरी बोलपत्र आह्वान गरेको पाइएको स्रोतको दाबी छ ।

नागरिकको फोन कल ‘ट्यापिङ’का लागि टेरामक्स प्रविधि खरिद गरिएको हो । नागरिकको फोन ट्यापिङ गर्ने विषयको चौतर्फी विरोध हुँदै आएको छ । सोहीकारण उक्त प्रविधि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । टेरामक्स प्रविधि खरिदमा भएको अनियमितता सम्बन्धमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि अनुसन्धान गरिरहेको छ ।

टेरामक्स दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि हो ।

यो समाचार लोकान्तर  डटकममा अजय अनुरागीले लेखेका छन ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?