तरहरा : इटहरी २० तरहरामा श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् । बुधबार बिहान ३५ वर्षीय राजेश कार्कीले श्रीमती ३० वर्षीया सरिता कटवाल (कार्की) माथि धारिलो हतियार खुकुरी प्रहार गरेका हुन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार बिहानको समयमा आपसी घरायसी विवादमा कार्कीले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट सरिताको […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति (२०८०–२०८३) चयनका लागि मतदान सुरु भएको छ । प्रज्ञाभवन कमलादीमा बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै २ घण्टा ढिला सुरु भएको हो । महासंघ निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ […]
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेरो मात्र पहिचान भन्दै अघि बढ्दै अरूको कुरालाई स्वीकार गर्न नसक्दा अपांग भएर कोही पनि अघि बढ्न नसक्ने बताएका छन्। मंगलबार विराटनगरमा आयोजित एक निजी कलेजको कार्यक्रममा मुख्यमन्त्री कार्कीले समाजलाई अपांग हुनबाट जोगाउन कानुनका विद्यार्थीहरू सामाजिक इन्जिनियर हुनपर्ने बताए। ‘मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल […]
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीले नेपाली कांग्रेसले आफ्नै पार्टीका उम्मेदवारप्रति गरेको छल-कपट निर्वाचनको परिणामपछि स्पष्ट हुने बताएका छन्। नेता जोशीले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। ‘तनहुँ जिल्लामा हामीहरू कुनै पनि दल विशेषको सदस्य नभएकोले हामी स्वतन्त्र छौँ र स्वतन्त्र रही रहने छौँ। नेपाली काङ्ग्रेस पार्टीले आफ्नै पार्टीका उम्मेदवारप्रति गरेको छल-कपट निर्वाचनको परिणामपछि […]
काठमाडौं । प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्ने भएको छ । पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले आज केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको छ । ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ […]
काठमाडौं : बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० […]
काठमाडौँ : सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ। मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो। बैठकमा शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको […]
काठमाडौँ । मिटरब्याज प्रभावित र सरकारबीच मंगलबारको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा पीडितहरुले राखेको नीतिगत विषय समाधानका लागि खेस्रा बनाएर अर्को बैठकमा छलफल गर्नेगरी छलफल टुंगिएको छ । मिटरब्याजविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले ६ बुँदे माग राखेका छन् । पीडितहरुले राखेको मागबारे नीतिगत विषमा खेस्रा बनाएर फेरि छलफल गरिने […]
काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्नाका क्रममा निजी विद्यालयले जभाथाबी शुल्क लिएको गुनासो आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज (मङ्गलवार) एक विज्ञप्ति निकालेर निजी विद्यालयले जथाभाबी भर्ना शुल्क लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुनको अधीनमा रहेरमात्रै शुल्क लिन भनेको छ । मन्त्रालयले विधि र प्रक्रिया पूरा गरी पालिकाले […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिनाको आरोपमा तत्कालिन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । तत्कालिन कार्यालय प्रमुख […]
काठमाडौं । कोरोना संक्रमणका कारण ३ महिनापछि मंगलबार एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए । यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो । मंगलबार १०६ जनामा कोरोना […]
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति सात दशमलवत ४४ प्रतिशत पुगेको छ । जुन सरकारले राखेको बाञ्छित सीमाको लक्ष्यभन्दा […]