नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश भएको छ। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको हो। लामिछानेका वकिल मुरारी सापकोटाले वादी पक्षले दुई जना साक्षीको वकपत्र नभएकाले तिनलाई बुझ्ने आदेश गरिपाउँ भन्दै निवेदन दिएकाले त्यही आदेश भएको बताए। गत […]
काठमाडौं वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको ‘नाइँ नभन्नु ल ६’ प्रतीक्षित फिल्ममध्ये एक हो । ब्राण्ड भ्यालुले यो फिल्म दर्शकमाझ चर्चित छ । निर्देशक विकास आचार्यले पाँच वर्षपछि ल्याएको छैटौं सिक्वेलमा यसपटक बाल–युवा प्रेम तथा पारिवारिक सम्बन्धको कथावस्तु प्रस्तुत गरिएको छ । फिल्मबाट आशिर्वाद क्षेत्रीले अभिनय करिअरमा पाइला टेकेका छन् । फिल्ममा उनी आँचल […]
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठलाई पार्टीले कारबाही गरेको हो। प्रमुख सचेतक सन्तोष परियारले आफूहरूले घुस मागेको अडियो सुनेकाले एक साताका लागि निलम्बन गरेको जानकारी दिए। यसबारे पार्टीको अनुशासन समितिले थप बुझ्ने बताए। रास्वपाले उनलाई समानुपातिकतर्फबाट सांसद […]
विराटनगर । पथरीशनिश्चरे नगरपालिकाले वडाबाट नै च्याबु्रङ नृत्य संरक्षणको अभियान थालेको छ। पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को सहयोग तथा किरात फाल्गुनन्द युमा माङ्हीमको समन्वयमा लिम्बुहरुको परम्परागत रुपमा रहेको प्रसिद्ध च्याबु्रङ (केलाङ) नृत्यको संरक्षण र पुस्तान्तरणको अभियान थालनी भएको वडा सदस्य झमकबहादुर लिम्बुले जानकारी दिए। लोक संस्कार र संस्कृति हराउँदै जान थालेपछि पालिकाले अभियानको […]
काठमाडौं सरकारले यतिबेला आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट निर्माणको तयारीमा छ । सोही क्रममा अर्थ मन्त्रालयले बजेटसँग सम्बन्धित विषयमा खुला सुझाव माग गरेको छ । मन्त्रालयले सरोकारवालाबाट १५ वैशाखसम्म आइपुग्ने गरी सुझाव मागेको हो । संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम सर्वसाधारणले अर्थमा बजेटसँग सम्बन्धित सुझावहरु पठाउन सक्ने […]
कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गरेका छन् । उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए । सो अवसरमा उनले दरबार खुला गर्ने योजनाअनुसार व्यावसायिक योजना बनाउन नेपाल ट्रष्टको बैठक राखेर आग्रह गरिसकेको जानकारी दिए । नयाँ वर्षसँगै सर्वसाधारणले अवलोकन गर्ने गरी खुला […]
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ। कपुरबोट मिडियाले श्रेष्ठ र प्रसाईंबीच भएको डिलको अडियो सार्वजनिक गरेको छ। अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्। अडिओ सार्वजनिक भएपछि रास्पपाले पनि यस विषयमा छानबिन गर्ने भएको छ। सेतोपाटीसँग […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वका प्रत्येक ६ मध्ये एकजना निःसन्तानपन समस्याबाट प्रभावित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । डब्ल्यूएचओले हालै सार्वजनिक गरेको ‘इन्फर्टिलिटी प्रिभिलेन्स स्टीमेट्स १९९०–२०२१’ मा विश्वका १७.५ प्रतिशत जनसंख्या निःसन्तानपनबाट प्रभावित भएको उल्लेख छ । यो दर न्यून र मध्यम आय भएका मुलुकहरूको तुलनामा उच्च आय भएका देशहरूमा बढी रहेको प्रतिवेदनमा […]
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका छन् । नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियक्त गरेका हुन् । खोटाङका पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसकेका छन् । राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, […]
काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन्। शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ। हिजो […]
काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह र सविना काफ्ले बुवाआमा बन्न लागेसंगै शाहको जीवनमा अर्को खुसीयाली थपिदैछ। निकट स्रोतका अनुसार भिडियो एक्सरेमा सविनाको पेटमा जुम्ल्याहा बच्चा देखिएका छन् । बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो। विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा–आमा बन्न लागेका हुन् । नेपालको […]
काठमाडौँ । आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यद्यपि, हेलिकप्टरमा सवार पाइलट भने जीवितै फेला परेका छन् । इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला […]