डा. विपीन अधिकारी । संविधान निर्माताको उद्देश्य संवैधानिक परिषद्को सामान्य बहुमतबाट निर्णय गर्ने होइन । यदि बहुमतले नै नाम परित गर्ने हो भने संवैधानिक परिषद्को आवश्यकता नै हुँदैनथ्यो । सिद्धान्ततः राज्यका निकायहरूमा नियुक्तिको अधिकार कार्यकारिणीको हो । त्यसहिसाबले यो अधिकार प्रधानमन्त्रीकै हो तर प्रधानमन्त्रीले नियुक्तिको सिफारिश गर्दा जथाभावी गर्लान्, त्यो प्रक्रियालाई राजनीतिक नेतृत्वले नियन्त्रण गर्लान् […]
काठमाडौं । मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् । दुवै […]
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताएका छन् । राउत सोमबार दिउँसो महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरुलाई भेट्न मातातीर्थमा पुगेका थिए । भेटका क्रममा पीडितहरुले आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै न्याय नपाएसम्म नफर्किने बताए । राउतले मिटर ब्याज पीडितहरुको […]
आमाले झिसमिसेमै उठेर चलाएका ढिकी जाँतोका आवाजहरू एउटा सपनाजस्तै लाग्थे म उठिसक्दा मेरो लागि भान्सा तयार हुन्थ्यो आमा आज नि निदाउनु भएन म सुत्नेबेला सोच्थेँ आमा मसँगै सुत्नुहुन्छ फेरि म निदाइहाल्थेँ सायद तिनै ढिकी, जाँतोका आवाजहरू म निदाउँदै गर्दा गुञ्जन्छन् आज पनि एक सपनाजस्तै लाग्छ आमा त यसरी आमा हुनुभयो भञ्ज्याङमा छोडेर हात हल्लाउँदै गर्दा […]
काठमाडौँ । धरौटी तिर्न नमानेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने ३ युवालाई जेल चलान गरिएको छ । यही चैत ७ गते बानेश्वरमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरूलाई […]
दमौली । तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ। चालु आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । मुत्यु हुनेमा दश पुरुष, चार महिला र एक बालक रहेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक राजीव विष्टले […]
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाका एक जना वडाध्यक्षले आठ कक्षाको परीक्षा दिएका छन्। वडा नं. ५ का वडाध्यक्ष गरिबे शेषले आठ कक्षाको परीक्षा दिएका हुन्। खुल्ला विद्यालयबाट आदर्श मावि केन्द्रबाट वडाध्यक्ष शेषले परीक्षा दिएका छन्। ‘योग्यता’ नभएको भन्दै कुरा काट्ने गरिएपछि जसरी पनि पढ्छु भन्ने दृढ विश्वासले गर्दा आठ कक्षाको परीक्षा दिएको वडाध्यक्ष शेषको भनाइ […]
काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेका कानून व्यवसायीहरुले काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि पेशी तोकिएको मुद्दाको सुनुवाइ सार्न आग्रह गरेका छन् । सन्दीपलाई थुनामा पठाउनुपर्छ भन्ने आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा फेरि त्यो मुद्दाको पेशी परेको भन्दै उनीहरुले इजलासको ध्यानाकर्षण गराएका हुन् । पहिले नै थुनछेक आदेश गरेर प्रतिवादीलाई थुनामा राख्नुपर्ने आदेश गरेका […]
काठमाडौं । भक्तपुर–नगरकोट सडक पटकपटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई ठेक्का तोड्न आयोजना कार्यालयले सार्वजिनक सूचना निकालेको छ । शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारी प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । प्रचण्डको घरबेटी भएकै कारण उनले थुप्रै ठेक्कामा उन्मुक्ति पाएको आलोचना हुँदै आएको थियो । शैलुङ कन्स्ट्रक्सनले २०७०।७१ मा […]
दाङ । भवन निर्माणको भुक्तानी नपाएको भन्दै ठेकेदारले सल्यानको एक विद्यालयमा ताला लगाइदिँदा वार्षिक परीक्षा र प्रशासनिक कामकाज भएको छ । त्रिवेणी गाउँपालिका-१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयबाट भुक्तानी नपाएको भन्दै ठेकेदार दामोदर वलीले दुईवटा भवनमा तालाबन्दी गरिदिएका हुन् । वलीले ८ कोठे र ४ कोठे गरी दुईवटा भवनमा चैत ३ गतेदेखि ताला लगाएको प्रधानाध्यापक […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो । बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो । यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश […]
विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ को परिवारलाई प्रदेश सरकारले ३ लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रदेश सरकारले घटनाको सम्बन्धमा संघीय सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले […]