सिरहाको मिर्चैया-३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो। शनिबार राति १२ बजे उपचारको क्रममा फुलबारी मेमोरियल अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख […]
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने मिति आउनै लाग्दा यसको मुखैमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुसँग ‘सिंगल–सिंगल’ भेट गरेका छन्। पूर्वराजाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेलगत्तै राप्रपाका अरु सांसदहरुसँग पनि छुट्टाछुट्टै भेट गरेका हुन्। पूर्वराजाले अध्यक्ष लिङदेनसँग भेटेको कुरा आधिकारिक रुपमा सार्वजनिक गरिएको भए पनि अन्य सांसदहरुसँग छुट्टाछुट्टै भेटेको […]
काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा)ले वाम दलहरुबीच एकताको पहल गर्नका लागि ‘वार्ता टोली’ गठन गर्दै छ । वाम दलहरुबीच एकताको पहल भइरहेको बेला डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले पनि आज आइतबार वार्ता टोली गठन गर्न लागेकाे हाे। गठनका लागि आज बिहान ११ बजे पार्टी कार्यालय सुविधानगर, तिनकुनेमा राजनीतिक समितिको बैठक बस्दै छ। ‘वाम एकता’का […]
काठमाडौं। आज आइतबारदेखि जनकपुर र बिराटनगरबाट श्रम स्वीकृति लिन सकिने भएको छ। सरकारले पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा आजदेखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने छ। यसअघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो। प्रचण्ड नेतृत्व सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले नागरिकहरूलाई प्रदान गर्दै आएका आधारभूत सेवा […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सारुढ गठबन्धन कत्तिको टिकाउ हुन्छ भन्न नसकिने बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले गठबन्धनको स्थायीत्वमा विश्वास गर्न सकिने अवस्था नभएको बताएका हुन् । ‘एउटा गठबन्धन अघि बढिरहेको थियो, त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्न […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अख्तियारी नगरको कार्यपालिकाको बैठकले स्थगन गरेको जनाएको छ ।पौष १८ गते बसेको नगरकार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईँलाई दोस्रो नगरसभाले निर्धारण गरेर दिएको अख्तियार स्थगन गरेको हो । प्राप्त पत्रमा उल्लेख भए अनुसार अर्को निणर्य नभए सम्मका लागि चौलागाईँलाई दिएको अख्तियारी स्थगन गरिएको छ । ( […]
झापा । उप-प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको पाँच सदस्यीय अनुसन्धान टोलीले कञ्चनपुरमा सूक्ष्म अनुसन्धान थालेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्मला हत्या प्रकरणमा डिआइजी सिंह नेतृत्वको पाँच सदस्यीय टोलीले अनुसन्धान गरिरहेको बताए […]
काठमाडौं । सरकारले यात्रुबाट जफत भएका १५१ वटा मोबाइल सेट लिलामका लागि राखेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुले भन्सारको छुट सुविधा मिचेर र कानुनको तोकेकोभन्दा बढी संख्यामा ल्याएको मोबाइल जफत गर्ने गरेको छ । ती मोबइल नियमित रुपमा लिलामी गर्ने गरेको कार्यालयको मुद्दा तथा लिलामी शाखाले १८ पुसमा १५१ थान मोबाइल (आइफोनसहित) लिलामीमा […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर पाटन पुगेकी छन्। शनिबार ललितपुरस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि उनी शीतल निवासबाट साझा बसमा चढेर पाटन पुगेकी हुन् ।
गंगाराम मण्डल इनरुवा , बढ्दो आत्महत्या रोक्ने उदेश्यले इनरुवा नगरपालिका क्षेत्रमा बाँचौ न जीवनभर कार्यक्रम आयोजना गरिएको छ । इनरुवा नगरपालिकाको सहयोगमा भगवती माबीमा सो कार्यक्रम आयोजना गरिएको हो । नगरपालिका क्षेत्र सबै बिद्यालयको सहभागितामा सो कार्यक्रमको आयोजना गरिएको थियो । समाजमा स साना कुरालाइ लिएर आत्महत्या गर्ने बानीको बिकास हुदै गएको ले आत्महत्या निकास […]
पुस २३ । सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । सत्ता साझेदार दलहरुले हिजो सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ । साझा कार्यक्रममा लेखिएको छ,‘ुनेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ […]
खगेन्द्र घिमिरे कठमाडौं ।। झापाको धुलाबारी बाट चन्द्रगढी विमानस्थल पुग्ने छोटो दूरीको धुलाबारी–भद्रपुर सडकको नाला सहित कालोपत्रे धमाधम हुदै छ । प्रदेश नं. १ सरकारको गौरवको मुख्य परियोजनको रुपमा रहेको यो धुलाबारी–ज्यामिरगढी–चन्द्रगढी सडक बनेपछि स्थानीयवासी हर्षित छन् । धुलावारीदेखि भद्रपुर सीमासम्मको नौ किलोमिटर कालोपत्रे निर्माणको ठेक्का २०७५ साल कात्तिक ७ गते हिम्डुङ एण्ड थोकर सरोज […]