हुम्ला । निरन्तर वर्षाका कारण गत आइतबारबाट बन्द भएको हवाई सेवा आजबाट सञ्चालनमा भएको छ । गत शनिबार रातिदेखि लगातार वर्षाका कारण मौसम खराब भएको हवाई सेवा आजबाट सञ्चालनमा आएको हो । आजबाट समिट एयरको जहाजले नेपालगन्जबाट २ र सुर्खेतबाट १ गरी सिमकोटका लागि ३ उडान भर्ने भएपछि केही सहज हुने र जिल्ला अस्पताल हुम्लामा […]
रौतहट । रौतहटमा एक महिलामाथि निर्घात कुटपिट भएको छ। चन्द्रपुर नगरपालिका वडा नं-१० बालचनपुरका एक युवाले एक महिलामाथि निर्घात कुटपिट गरेका हुन्। स्थानीय रामज्योदी पासवानको छोरा विजय पासवानले गाँउकै एक ३२ वर्षकी विवाहित महिलामाथि बिहिबार लछारपछार गर्नुका साथै निर्घात कुटपिट गरेका हुन्। कुटपिटबाट घाइते महिलाको अहिले चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रालीमा उपचार भइरहेको छ। राजनीतिक संरक्षणमा […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका पूर्वउर्जामन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अझै प्रहरीको खोजी सूचीमा छन्। बुधबार पक्राउ पूर्जी जारी हुँदा अर्घाखाँचीको एक विद्यालयको कार्यक्रममा रहेका उनी काठमाडौँ फर्किएका छैनन्। उक्त कार्यक्रममा उनीसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि थिए। गत बुधबार राति ९ बजे उनी घिमिरेसँगै भैरहवा विमानस्थलबाट काठमाडौँ फर्कने तयारीमा […]
काठमाडौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने बताएका छन्। बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा सन्देश दिँदै र्नले देशमा शान्तिको कामना गर्दै अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गरेका छन्। देउवाले पर्वका अवसरमा […]
धनगढी । कैलालीमा लागुऔषध खैरोहिरोइनसहित दुई जना युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–१० पिपरौवाबाट बिहीबार साँझ एक ग्राम खैरोहिरोइनसहित सोही ठाउँका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक रहेको बताए । […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकका रूपमा कार्यरत ललित विष्ट केन्द्रीय समाजशास्त्र विभागका प्रमुख डा. युवराज लुईंटेलमाथि टोलेगुण्डाको शैलीमा प्रस्तुत भएका छन् । शान्त र शालिन छविका डा. लुईंटेललाई उनले कार्यकक्षमै पटक-पटक हेल्मेट उज्याएका थिए । यो घटना गत १३ वैशाखको हो, जुन दृष्य सीसीटीभी फुटेजमा पनि कैद भएको छ । भिडिओमा विष्टले अपशब्दसहित निरन्तर […]
काठमाडौं । एकातिर पपुलर च्वाइसको प्रतिस्पर्धा जारी छ भने अर्कोतिर मिस नेपालका २४ प्रतिस्पर्धी अभ्यासमा व्यस्त छन् । फिनाले नजिकिंदै जाँदा प्रतियोगी सुन्दरीहरु जिम, डान्स, स्पीच र वाकजस्ता कोरियोग्राफी सिक्दैछन् । पपुलर च्वाइसका लागि भोट पनि माग्दैछन् । किनभने यो विधा जित्न सके फाइनलको ढोका खुल्नेछ । केही दिनअघि यी सेमिफाइनलिस्ट सुन्दरीले जस्मिन फिट्नेस क्लबमा […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पोलहरूमा भएको अव्यवस्थित तारलाई व्यवस्थापन गर्नमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट असहयोग भएको भन्दै महानगरले आफ्नै अधिकार प्रयोग गरि तार व्यवस्थापन गर्ने बताएका छन्। शुक्रबार सामाजिक सञ्जालबाट तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भएको जानकारी उनले दिएका हुन्। उनले भनेका […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङमा रहेका दुई ठुला सरकारी अस्पताल हुन्– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले तीन सय बेड र राप्ती प्रादेशिक अस्पतालले ५० बेडसहित सेवा प्रवाह गरिरहेका छन् । प्रतिष्ठानका तीन सय बेडमध्ये १० बेडमा आईसीयु सेवा सञ्चालन गरेको छ भने राप्ती […]
काठमाडौं । चितवनका व्यवसायी एवं नेपाली कांग्रेसका नेता शंकर कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । कँडेलको परिवारले सुसाइड नोटको आधारमा दुईजनाविरुद्ध उजुरी दिएका थिए । चितवन प्रहरीका अनुसार बझाङ छबिसपाथिभेरा- १ घर भई हाल चितवन भरतपुर महानगरपालिका- ८ बस्ने ३६ वर्षीय जीवनबहादुर रावललाई पक्राउ गरिएको हो । उनलाई बिहीबार बारा जितपुर […]
वासिङटन डीसी । नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । बिहीबार राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा आयोजित कार्यक्रममा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसंघका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १७९ पुगेको छ । वासिङटन डीसी । कूटनेपालले नाऊरुसँग नीतिक […]
काठमाडौं । २५६७औँ बुद्धजयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौंका स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ । प्रत्येक वर्ष […]