विराटनगर । मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । लेटाङ नगरपालिका-७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको छ । भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज […]
काठमाडौं । सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा गोली ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । एक नाबालिगले आफ्नै स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एकजना सुरक्षा गार्डको मृत्यु भएको बीबीसीले जनाएको छ । ६ जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन् । राष्ट्रपति एलेक्जेन्डर बुसिकले यो घटनालाई […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दुई महिनाको बीचमा दोस्रोपटक १० दिने भारत भ्रमणमा जान लागेका छन्। करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेका हुन्। पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको उनको सचिवालयले जनाएको छ। पूर्व युवराज पारस […]
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाई अझै सुरु भएको छैन् । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी इनरुवा नगरपालिकाले तीन वर्षदेखी नगरभरिका विद्यालयमा स्थानीय पाठयक्रम लागू गर्ने प्रयास गरेको भएपनि कार्यान्वयनमा नआउदाँ स्थानीय पाठ्यक्रमको पढाई अझै सुरु नभएको हो । केन्द्रीय पाठयक्रम विकास केन्द्रले तयार […]
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाई अझै सुरु भएको छैन् । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी इनरुवा नगरपालिकाले तीन वर्षदेखी नगरभरिका विद्यालयमा स्थानीय पाठयक्रम लागू गर्ने प्रयास गरेको भएपनि कार्यान्वयनमा नआउदाँ स्थानीय पाठ्यक्रमको पढाई अझै सुरु नभएको हो । केन्द्रीय पाठयक्रम विकास केन्द्रले तयार […]
विराटनगर । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बन्न आफूलाई अफर आएकोे दाबी गरेका छन् । नयाँ सरकार गठनको कसरत चलिरहँदा उनले केन्द्रको सत्ता गठबन्धन दल –कांग्रेस, माओवादी, नेकपा एस र जसपाकै कतिपय नेताले आफूलाई त्यस्तो अफर गरेको दाबी गरेका हुन् । रातोपाटीसँगको विशेष कुराकानीका क्रममा सिटौलाले भने, ‘नयाँ सरकार बनाउन […]
काठमाडौं । ०७९ पुस १० गते प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौँपटक सरकार विस्तार गरेका छन् । मन्त्रिपरिषद्मा बुधबार नेपाली कांग्रेसबाट तीन मन्त्री थपिएका छन् । जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् । किस्ताकिस्तामा मन्त्री नियुक्त गर्दा पनि […]
काठमाडौं । गृहमन्त्रालयमा पेश भएको भुटानी शरणार्थीको नामावलीमा नेपाली नागरिकको नाम राखेर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परे । फौजदारी अभियोगमा पक्राउ परेसँग उनी बुधबारदेखि नै निलम्बनमा परेका छन् । प्रहरीले उनलाई ३ दिन हिरासतमा राखेर ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको […]
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको बताउनुभएको छ। बुधबार साँझ काठमडौंमा पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै यस्तो बताउनुभएको हो। ‘‘अहिले अर्थतन्त्रमा क्रमशः सुधार आउँदैछ। समष्टिगत आर्थिक परिसूचक सकारात्मक छन्। विदेशी मुद्राको सञ्चिति उत्साहजनक छ। अरू क्षेत्रमा पनि […]
इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको बारेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाले अनुगमन जारी राखेको छ । महासंघको टोलीले बुधबार इनरुवा १ को भगवती मावि, इनरुवा ८ को त्रिभुवन मावि अर्ता डुम्राहा, सरस्वती आधारभुत विद्यालय र बीपी आधारभुत विद्यालयको अनुगमन गरेको हो । अनुगमनका क्रममा आधारभुत तहका […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन् । बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन् । “अब म भन्छु, हामी राष्ट्रको पुरानो […]
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कारवाही हुने बताएका छन् । नेपालीलाई नक्कली शुटानी शरणार्थी बनाई अमेरिका पठाउने काममा संलग्नता देखिएको भन्दै प्रहरीले गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलगायतका अधिकारी र राजनीतिक नेतृत्व अनुसन्धानमा तानिएका छन् । गृहमन्त्री […]