बारा । चितवन र तनहुँमा भइरहेको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म औसतमा ४० प्रतिशत मत खसेको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार बारा २ मा ३८ प्रतिशत, चितवन २ मा ४६ प्रतिशत र तनहुँ १ मा ४५ प्रतिशत मत खसेको छ। चितवनको भरतपुर- ११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माविमा मतदान रोकिएको र बाँकी ठाउँमा शान्तिपूर्ण मतदान भइरहेको आयोगका […]
काठमाडौं । चितवनमा आफूमाथि हुलहुज्जत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले तत्काल आफूलाई मतदानस्थलमा जाने अवस्था नरहेको बताएका छन् । फेसबुक लाइभमा आउँदै उनले एउटा माघले जाडो नजाने भन्दै अन्य पार्टीलाई चितवनका जनताले हेरिरहेको जिकिरसहित संयम बन्न आग्रह गरेका छन् । ‘जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा […]
फिदिम । पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आइतबार बिहान ८ बजे फालेलुङ –८ लुवाफुबाट फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको पिकअप फिदिम–११ चम्पेटारमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका फालेलुङ ८ का साजन केरुङको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय […]
बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ को एक मतदान स्थलबाट जनमत पार्टीका चार जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुरस्थित मतदानस्थल बाहिर मतदाताले मतदाता परिचय पत्र (भोँटरकार्ड) घरमै बिर्सेपछि कार्ड पुरयाउन जाँदा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराको अधिकारिक सँचारबाट […]
बाँके । नेपालगञ्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले आइतबार शिलान्यास गर्नुभएको एथ्लेटिक्स ट्रयाक १० महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको छ । ११ करोड ६४ लाख रुपियाँमा ट्रयाक निर्माणको जिम्मेवारी प्रतीक्षा कन्स्ट्रक्सन प्रालिले पाएको छ । एथ्लेटिक्स ट्रयाकको शिलान्यास गर्दै सदस्यसचिव घिसिङले आठौं राष्ट्रिय […]
दार्चुला । नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो। घरबाट भारतीय बजार धारचुला सामान किन्न जाने क्रममा तल्लो दुम्लिङस्थित महाकाली नदीमा तुइनबाट खसेर उहाँको मृत्यु भएको वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिनुभयो। नदीमा खसेलगत्तै स्थानीय र सुरक्षाकर्मीले […]
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नगर विकास कोषलाई कर्णालीको गरिबी अन्त्य गर्ने योजनामा लगानी गर्न आग्रह गर्नुभएको छ । कर्णालीको सबैभन्दा ठूलो समस्या गरिबी भएको भन्दै उहाँले गरिबी अन्त्य गरी आयआर्जन र रोजगार उत्पादन हुने योजनाहरूमा लगानी गर्न कोषलाई आग्रह गर्नुभएको हो । नगर विकास कोषले सुर्खेतमा आयोजना गरेको नगरपालिका वित्त तथा क्षमता […]
काठमाडौं । मिटरब्याजीपीडितहरुको एउटा पक्ष अहिले पनि आन्दोलनमा छ । एक समूहले सरकारसँग सम्झौता नै गरेर आन्दोलनका सबै कार्यक्रम स्थगित गरिसकेको अवस्थामा अर्को समूह आन्दोलनमा छ । यहि आन्दोलन कम्युनिष्ट सरकारविरुद्ध हुन सक्ने भन्दै आवाज उठ्न थालेको छ । तराईका जिल्लाहरुमा साहुमहाजनले मिटरब्याजमा पैसा लगाउने ऋणीलाई सुकुम्बासी नै बनाउने गरेको विषय सार्वजनिक हुँदै आएको छ । […]
चितवन। चितवनको भरतपुर– ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। सत्ता साझेदार दल र नेकपा एमालेका कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले मतदान कार्य प्रभावित पारेको भन्दै माफी माग्नुपर्ने अडान राखेका छन्। उनीहरुले माफी नमागेसम्म मतदान कार्य अघि नबढाउन निर्वाचन अधिकृतलाई आग्रह गरेका छन्। रास्वपाका कार्यकर्ताले हुलहुज्जत गरी […]
काठमाडौँ । नेपालमा उपचार सम्भव हुँदाहुँदै राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लैजाँदा ६२ लाख खर्च भएको छ। गत बुधबार श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गर्न लैजाँदा हवाइ भाडाबापत राज्यकोषबाट ६२ लाख २२ हजार पाँच सय रुपैयाँ खर्च भएको हो। उक्त खर्च एकतर्फ जाँदाको मात्रै हो। परराष्ट्र मन्त्रालय […]
काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेलाई एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्रियाशिल हुन युवासंघलाई निर्देशन दिएका छन्। आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार ग्रहण कार्यक्रममा बस्नेतले एमालेको लक्ष्य र उद्देश्यलाई आत्मसाथ गर्दै पार्टीलाई बलियो र एक्लै बहुमत आउने क्रियाशिल हुन निर्देशन दिएका हुन्। उनले सुखी नेपाली समृद्ध […]
चितवन – चितवनको भरतपुर ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। मतदानस्थल अवलोकन गर्न रास्वपाका सभापति रवि लामिछाने पुगेपछि अन्य दलका कार्यकर्ताले अवरोध र होहल्ला गरेपछि दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराले बुथ अबलोकन गर्न जाँदा भरतपुर ११ मा […]