काठमाडौ । विराटनगर– ७ सातघुम्तीस्थित एक कवाडी गोदाममा बुधवार दिउँसो भएको आगलागीमा परेर मृत्यु हुनेको सख्या तिन पुगेको छ । एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र बुझ्ने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । बुधवार […]
विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । शव नचिनिने अवस्थामा रहेको छ । यसअघि आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका विराटनगर ६ का ३० […]
दमक : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सोमबार दमकका खोलानालाको सौन्दर्यीकरण तथा बेतना सिमसार निर्माणको अवलोकन गरेका छन् । दमकबाट दक्षिणी इलामको माङसेबुङ जानेक्रममा दमक आइपुगेका उनले दमक ४ स्थित बेतनी सिमसार सौन्दर्यकरण योजनाको स्थलगत अवलोकन गरि त्यहाँ भईरहेको कार्यका बारे जानकारी लिएका हुन् । बेतनी सिमसार सौन्दर्यकरण समितिकी अध्यक्ष समुन्द्रा लामाका अनुसार […]
मोरङको बेलबारी–११ लक्ष्मीमार्ग नजिकै जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मर्चा (रक्सी बनाउन प्रयोग गरिने घरेलु कच्चा पदार्थ) बिक्री गर्न लेटाङ–३ बाट बेलबारी बजारतर्फ जाँदै गरेका ५५ वर्षीय कमल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। बिहान १०:४५ बजेतिर माझीलाई हात्तीले कुल्चेर मारेको प्रहरीको भनाइ छ।
पूर्वमुख्यमन्त्री कार्कीको घरछेउमा रहेको उक्त पोखरीमा केही वर्ष यता बर्सेनि करोडभन्दा बढी बजेट विनियोजन भइरहेको पोखरीमा प्रदेश सरकार गठन हुनुभन्दा अगाडि नगरपालिका, स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयबाट पनि करोडौँ बजेट लगानी भएको कति बजेट खर्च भयो र सही ढङ्गले काम भयो भएन भन्ने विषयमा छानबिन गर्ने बिनियोजन भएको बजेट कति खर्च भयो र कति […]
केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिए मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफैैंसँग राखे विराटनगर ।। कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक […]
झापा । गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ । उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् । दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो । सुत्केरी ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्छन्। […]
झापा । झापामा जंगली हात्तीको आक्रमणबाट वन चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४० वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए । मृतक बन रणकाली सामुदायिक वन जलथलका चौकीदार हुन् । शुक्रबार बिहान करिब ९ बजेको समयमा उनी सामुदायिक वनमा रेखदेखको लागि गएका थिए […]
झापा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पठाएका छन् । राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र उनकी कान्छी छोरी अवज्ञा पौडेलले बुधवार उनको झापास्थित निवासमा पुगेर हस्तान्तरण गरे । राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा भनिएको छ–‘लोकतन्त्रका लागि भएका आन्दोलनमा […]
कोशी प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ। बुधबारको प्रदेशसभा बैठकबाट आव २०८०।०८१ को विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो। कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आव २०८०।०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० (विनियोजन विधेयक) माथि […]
विपन्न परिवारका बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै झापाको दमकमा सञ्चालनमा आएको किओच दमक बाल अस्पतालले सेवा विस्तार गरेको छ । अस्पतालमा बालबालिकाहरुको उपचार सेवा प्रभावकारी बनेपछि सेवा विस्तार गर्दै आजदेखि औपचारिक रुपमै ६ बेडको एनआइसियु कक्ष सञ्चालनमा ल्याइएको अस्पतालका मेसु डा. जयमणी श्रेष्ठले जानकारी दिए । अनौपचारिक रुपमा केही समय अघिनै एनआइसियु सेवा थियो आजबाट […]
फुङ्लिङ । कोशी प्रदेश नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हुँदा पाथीभरा आएका सयौँ यात्रुबिच बाटोमै अलपत्र परेका छन् । मेची राजमार्गमा यातायातका साधन नचल्दा तीर्थयात्री अलपत्र परेका हुन् । यातायातका साधन नचल्दा मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्डअन्तर्गत काबेली, गणेश चोक क्षेत्रमा बिहानदेखि यातायात […]