sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एक दशकदेखि बेवारिसे व्यक्तिको भकुण्डेबाट उद्धार

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ २१:२३
एक दशकदेखि बेवारिसे व्यक्तिको भकुण्डेबाट उद्धार

काभ्रे : नमोबुद्ध नगरपालिकाको भकुण्डे बजार क्षेत्रमा झण्डै एक दशकदेखि बेवारिसे अवस्थामा बस्दै आएका एक वृद्धको उद्धार गरिएको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिना लगायत जनप्रतिनिधि र स्थानीय समाजसेवीको पहलमा उनलाई उद्धार गरी मानव कल्याण समाज काभ्रे शाखामा पठाइएको छ । अन्दाजी ६० बर्षका ती वृद्ध भकुण्डे क्षेत्रमा मागेर हिँड्ने गर्दथे ।

भारतको महाराष्ट्र घर बताउने उनको स्वास्थ्य उपचारको व्यवस्था नगरप्रमुख तिमल्सिनाको पहलमा मेथिनकोट अस्पतालमा हुने गरेको थियो । नगर प्रमुख तिमल्सिनाले उनलाई लत्ताकपडा लगायतको व्यवस्था गरिदिएका थिए । पछिल्लो समय मेथिनकोट अस्पतालमै उपचारको क्रममा रहेका उनी केही दिनयता फेरि अस्पतालबाट निस्किएर सडकमा आइपुगेका थिए ।

ती वृद्धको उद्धारका लागि नमोबुद्ध नगरपालिका ७ का वडाअध्यक्ष धर्मसिं लामा, समाजसेवी शंकर गिरी, प्रहरी चौकी भकुण्डेको टोली समेत खटिएको थियो । स्थानीय समाजसेवी गिरीले लामो समयदेखि उनलाई खानपानमा सहयोग गर्दै आएका थिए । गिरी लगायतको टोलीको नेतृत्वमा उनलाई केही दिनअगाडि मेथिनकोट अस्पतालमा उपचारका लागि लागिएको थियो ।

आइतबार साँझ मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंसहितको टोली भकुण्डे पुगेर उनलाई धुलिखेलस्थित समाजको सेवाघरमा ल्याइएको छ । अब उनको खानपानदेखि सबै व्यवस्था उक्त सेवाघरबाट हुने अध्यक्ष चौलागाईंले बताइन् । उनको स्वास्थ्य अवस्था नाजुक रहेको र भोलीबाटै थप उपचारका लागि प्रक्रिया सुरु गरिने चौलागाईंको भनाई छ ।

मानव कल्याण समाजको धुलिखेलस्थित सेवा घरमा २५ जना रहेका छन् भने केन्द्रीय कार्यालयमा ५० जनाले आश्रय लिइरहेका छन् । सडकमा बेवारिसे अवस्थामा पुगेकालाई पुनस्र्थापना गर्ने र अन्य मानिसलाई सडकमा जान नदिन विभिन्न कार्यक्रमहरु समाजले गरिरहेको छ । नमोबुद्ध नगरपालिकाका प्रमुख तिमल्सिनाले ती वृद्धको उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । बेसहारा व्यक्तिका लागि विगतमा पनि नगरपालिकाले सहयोग गर्दै आएको र अबका दिनमा पनि सहयोग जारी राख्ने तिमल्सिनाले बताएका छन् ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ २१:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid