May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

युवा पुस्ताका उदयमान परिर्वतनका संवाहक भुमि पौडेल

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ 0९:२७
युवा पुस्ताका उदयमान परिर्वतनका संवाहक भुमि पौडेल

खगेन्द्र घिमिरे(काठमाडौं)
समाजमा केहीँ गरौं सम्पति मात्रै सबै थोक होइन भन्ने एउटा उदहारण हुन भूमि पौडेल । उमेर मा ३८ वर्ष मात्रै पुगेका पौडेल झापा धुलाबारी निवासी पौडेल सानै उमेरबाट सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउँदै आएका थिए । यति मात्रै होइन उनका लागि यो सेव ागर्ने प्रेरणा बाबु नरप्रसाद र आमा पवित्रा, दाजु तुलसी पौडेल अनि श्रीमति संगिताको पनि उत्तिकै भूमिका रहेको छ ।
आज त्यसैको फलस्वरुप समाजमा केही सकरात्मक रुपमा अघि बढ्नुपर्छ हामीले नगरे कस्ले गर्ने भन्ने उनको मनबाटै आएका सोचहरु निरन्तर अघि बढाइरहेका छन । धुलाबारीमा संचालन रहेको भूमि टेर्डसका संञ्चालक समेत रहेको पौडेलले किराना पसल सँगै अन्य धेरै व्यापार समालेका छन । त्यहाँ धेरैलाइ रोजगारी समेत दिदै आएका छन । मेची उद्योग बाणिज्य संघको सदस्य समेत रहेका पौडेल बाणिज्य संघले आयोजना गरेको महोत्सवमा संयोजकको रुपमा आफ्नो अनुभव कुशल रुपमा अनुभव समेत गरिसकेका व्यतिm हुन ।
नरम बोली शालिन स्वभावका धनी पौडेल समाजका लागि जुनसुकै परिस्थितका सहयोगि भन्दा फरक नपर्ला । हो आज उनै पौडेल झापाको धुलाबारीमा रहेको मेची उद्योग बाणिज्य संघको निर्वाचमा आफ्नो महत्वपूर्ण ठाउँमा बसेर केह ीगर्ने सोचमा होमिएका छन ।
व्यवसायी गर्ने व्यापारीका अनेकन समस्या नजिक बाट नियालेका पौडेलले मेची उद्योग बाणिज्य संघको यहि माघ २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको लोकतान्त्रिक समूहबाट उद्योग उपाध्यक्षमा भुमी पौडेल ले उम्मेदवारी दर्ता गराएका छन । उनी सँगै निर्वाचनमा १६ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता भएको छ । यो समूहमा यता नेपाली कांग्रेसको लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा मोहन निरौला, बरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर), उद्योग उपाध्यक्षमा भुमी पौडेल, बाणिज्य उपाध्यक्षमा कञ्चन बराल, महिला उपाध्यक्षमा निर्मला चौहान (भण्डारी) र महासचिव पदमा उदयकुमार श्रेष्ठ उम्मेद्वार बनेका छन् ।
त्यस्तै सदस्यहरुमा कमलप्रसाद कोइराला, श्यामप्रसाद न्यौपाने, सन्तोष खवास, चन्द्रबहादुर घोर्साईं, राजेशकुमार वंशल, विनोदकुमार वानियाँ, विष्णुबहादुर बुढाथोकी र वर्मलाल ओझा उम्मेद्वार बनेका छन् । यस्तै महिला सदस्यमा देवीमाया तामाङ र सुन्दरीकुमारी श्रेष्ठ उम्मेद्वार बनेका हुन् ।
भने व्यवसायीको साझा समूहबाट अध्यक्ष पदमा खेमराज प्रसाई, बरिष्ठ उपाध्यक्षमा पन्नालाल जैन, उद्योग उपाध्यक्षमा आनन्द खड्का, बाणिज्य उपाध्यक्षमा भीमबहादुर कुँवर, महिला उपाध्यक्षमा सुनिता शर्मा, र महासचिवमा दिनेश शाक्य उम्मेद्वार बनेका छन् ।
त्यस्तै सदस्यहरुमा दिपेन्द्रराज पाण्डे, कुलप्रसाद शिवाकोटी, भीम विष्ट, गोपालप्रसाद गुप्ता, कृष्णकुमारी चापागाई (बानियाँ), श्रवणकुमार बानियाँ, पवित्रा तिवारी, ललित अग्रवाल, इन्द्रप्रसाद भण्डारी र श्रवणकुमार साह उम्मेदवार बनेका हुन् ।

यता नेपाली कांग्रेसको लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा मोहन निरौला, बरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर), उद्योग उपाध्यक्षमा भुमी पौडेल, बाणिज्य उपाध्यक्षमा कञ्चन बराल, महिला उपाध्यक्षमा निर्मला चौहान (भण्डारी) र महासचिव पदमा उदयकुमार श्रेष्ठ उम्मेद्वार बनेका छन् ।
त्यस्तै सदस्यहरुमा कमलप्रसाद कोइराला, श्यामप्रसाद न्यौपाने, सन्तोष खवास, चन्द्रबहादुर घोर्साईं, राजेशकुमार वंशल, विनोदकुमार वानियाँ, विष्णुबहादुर बुढाथोकी र वर्मलाल ओझा उम्मेद्वार बनेका छन् । यस्तै महिला सदस्यमा देवीमाया तामाङ र सुन्दरीकुमारी श्रेष्ठ उम्मेद्वार बनेका हुन् ।
बरिष्ठ उपाध्यक्ष र सदस्य पदमा २ जनाले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् । हरिप्रसाद कोइरालाले बरिष्ठ उपाध्यक्ष र गोपालप्रसाद चुडालले सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । यसपटकको चुनावमा एमालेसहितको ६ राजनीतिक दल एकठाउँमा र कांग्रेस एक्लै मैदानमा भिड्दै छ

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ 0९:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट