काठमाडौं :
साताको अन्तिम कारोबार दिन प्री ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ। यो सेसनमा नेप्से परिसूचक ०.१६ अंकले घटेर १९९५.३४ विन्दुमा झरेको छ।
सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंकले बढेको छ।
आज प्री ओपन सेसनमा १४ कम्पनीको सेयर कारोबार भयो। सो कम्पनीको २८० कित्ता सेयर २ लाख १७ हजार ९८२ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका १४ कम्पनीमध्ये ५ को मूल्य बढ्यो भने ९ को घट्यो।